क्षेत्र नं.५ को चुनावी बहश कार्यक्रममा पार्टीका कार्यकर्ताले सहभागिमाथी हातपात

कपन अनलाइनक्षेत्र नं. ५ को अन्र्तक्रिया अन्नपूर्ण पोष्ट दैनिकले काठमाडौंको ५ नं. क्षेत्रको निर्वाचन प्रकृयाको विषयमा आयोजना गरेको चुनाव विशेष कार्यक्रममा प्रश्नकर्तामाथि हातपात भएको छ । कार्यक्रममा सहभागिले प्रश्न गर्ने क्रममा एमाले उम्मेदवार इश्वर पोखरेललाई प्रश्न गर्दा स्वतन्त्र पत्रकार भनिएका रमेश घिमिरेलाई सहभागि केही व्यक्तिले हातपात गरेका हुन् । सुनियोजित प्रश्न गरेको भन्दै दर्शक दिर्घामा रहेका केही व्यक्तिले नियामापत्ति गर्दै घिमिरेमाथि हातपात गरेपछि अन्र्तक्रिया कार्यक्रम स्थगित गरिएको थियो ।

SONY DSC

काठमाडौंको सुकेधारस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नरहरी आचार्य, एमालेका इश्वर पोखरेल, एमाओवादीका महेन्द्र श्रेष्ठ तथा राप्रपा नेपालका राजाराम श्रेष्ठ सहभागि थिए । सहभागि उम्मेदवारहरुले आफू किन यस क्षेत्रमा उम्मेदवार बनेको तथा उम्मेदवारका तर्फबाट आआफ्ना योजना बताउन आयोजना गरिएको कार्यक्रममा सबै उम्मेदवारहरुले आफ्ना कुरा राख्नका लागि सो कार्यक्रम आयोजना गरिएको थियो । यो घटनापछि नियमितरुपमा काठमाडौंको बिभिन्न क्षेत्रको चुनावी बहास संचालन गरिरहेको अन्नपूर्ण दैनिकको अभियानको आगामी कार्यक्रममाथि पनि प्रश्न चिन्ह लागेको छ । यसैबीच क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यको चुनावी प्रचारमा हिँड्ने गाडीलाई नचिनेको एक समूहले आज बिहान आगजनि गरिएको छ ।

(फोटो: बसन्त गौतम)

तपाइँको प्रतिक्रिया ।