उम्मेदवारसहितको विवेकशील नेपाली समूहले वागमती सफा गर्यो
कपन अनलाइनचुनावमा उठेका उम्मेदवारहरु कसरी चुनाव जित्ने भनेर साम, दाम, दण्ड, भेदको बिभिन्न रुप प्रयोग गरिरहेका छन् । चुनावको बेला जनतामा आउने नेताहरुको यो भीड जनताको घरघरमा भाडाका मान्छेहरु बोकेर हिँडिरहेको बेला विवेकशील नेपाली अभियानका उम्मेदवार भने वागमती सफा गर्न पुगे । विश्व सम्पदा सूचिमा रहेको नेपालीको प्रतिष्ठा र सम्पदाको प्रतिक मानिने पवित्र पाशुपत क्षेत्र भएर बग्ने बागमतीको फोहरले पवित्रता कमि भएको आभाष गर्दै नयाँ केही गर्ने सोचका विवेकशील अभियानका युवाहरु वागमती पुगेका हुन् । सामाजिक तथा राजनीतिक समस्या बिरोधी नारा लेखिएको टिसर्ट लगाएर वागमती पुगेको विवेकशील नेपाली अभियानले कार्तिक ९ गतेको बिहान त्यहिँ बितायो । काठमाडौं क्षेत्र नं. ४ मा विवेकशिल नेपाली अभियान तर्फबाट उम्मेदवार भएका छन् सन्तोष प्रधान । कम्प्यूटर सफ्टवयर क्षेत्रका यी २५ वर्षीय युवासहितका निर्वाचन प्रचार समिति बागमतीमा पुगेर सफाई अभियानमा समाहित भएको हो । विवेकशील नेपाली अभियानले काठमाडौंका चार क्षेत्रमा आफ्ना स्वतन्त्र उम्मेदवार उठाएको छ । यस अभियानको चुनाव चिन्ह कुकर रहेको छ ।