घाइते पट्टुु !

घाइते पट्टुु !

कपन अनलाइन

काठमाडौं, मंसिर २७/दीपा डंगोल/ कथा

आभा हस्यांग फस्यांगगर्दै मिलनको घर जादै थिइन् । आज सातदिन पछि बल्लदुइजनामिल्ने साथीहरु भेट्दै छन् । आभा र मिलनएकदममिल्ने साथीहरु हुन्, दुवैजना एउटै विद्यालयमा पढ्छन् । अनि घर पनिनजिकै, सधै एक अर्काको साथमाकहिले नछुटिने नङ्ख र मासु जस्तै ।
मिलन र आभाको विद्यालयमा १० दिन अघि देखि गर्मि विदा सुरु भएको थियो । मिलनआफ्नो बाबा भेट्न चितवनगएकाथिए । उनको बाबाचितवनको एउटा होटेलमाखानापकाउने कामगर्नु हुन्छ ।
चितवनमाजति नै गर्मिभएपनि म जान्छु भन्दै जिद्धि गरेर मिलन र उसको दाइकबिर चितवनगएकाथिए । १५ दिन बस्छुभन्दै धाकलगाएर गएकामिलनगर्मि सहननसकेर ७दिन मै काठमाडौँ फर्के ।
मिलनआएको खबर सुन्ने बित्तिकै आभाआफ्नो मिल्ने साथी भेट्न कुदीहालिन् ।
“एमिलन ! मिलन!“आभामिलनलाई बोलाउदै मिलनको कोठासम्म पुगिन् ।
“आउआभाभित्र बस । मतिमीलाई एउटा चिज देखाउछु ।“ भन्दै मिलनले आभालाई बोलाए ।
“मलाइ के उपहार ल्याइदएिका छौ र चितवनबाट ?“
“तिमीलाई त मैले आँपल्याएको छु । ल हेर त मैले चितवनबाट के ल्याएको छु । “
“अम्मा यो त सुगाहो । किनल्याएको ?पाल्न?“ आभादङ्गभइन् । “कहाँबाट ल्याएको ? कसरी ?किन?अब के गर्छौ ?“
मिलनकथा सुनाउनथाले । चितवनपुगेको दोश्रो दिनमिलन, कबिर अनि अरु ३ जनागाउँका साथीहरु जंगल घुम्न गएकाथिए । त्यही बेलाउनीहरुले जंगलको बीचमाकागहरुकराएको सुने । के रहेछभनेर पाँचै जनाकुददै गए । तिनीहरुले अनौठो दृश्य देखे । एक हूलकागको बीचमाएउटा सानो सुगा, बिचरा सुगालाई कागहरू ठुङ्दै थिए । सुगा उड्न नसकेर ’ चि ! चि ! ’ गर्दै कराई राखेको थियो । साथीहरु मिलेर कागलाई धपाए । तर घाइते सुगा उड्न सकेन । जंगलमा छाड्न उचित नठानेर मिलनले सुगालाई होटेल लगे ।
मिलनले घाइते सुगाको हेरचाह गरे र पट्टु नाम राखे । पाचदिन पछि पनि पट्टुु उड्न सकेन र मिलन पट्टु लिएर काठमाडौँ आए ।
आभामिलनको कुरा सुनेर दङ्ग परिन् । आभाले सुगा समाउनखोजिन्, सुगाले आभालाई टोक्यो । “अइया!“आभाको औँलाबाट रगतनिस्क्यो । “ए ! नसमात है पट्टुले त टोक्छ । पट्टुलाई डर लाग्छ । मलाई मात्र छुन दिन्छ । “
मिलनको आमाले आभा र मिलनलाई भर्खरै चितवनबाट ल्याएको आँप काटेर ल्याउनु भयो र पट्टुलाई लिची । पट्टुले लिचीखाएको हेर्दै आफुहरु पनिआँपखानथाले ।
“अनि साँचै यो पट्टुलाई अब के गर्छौ त ?” आभाले सोधिन् ।
“अबयसलाई यहिं पिजडामा राखेर पाल्ने ।” मिलनले जवाफदियो ।

“हामीले यसरी कुनै पनिजीवजन्तुलाई कैद गरेर राख्नु हुन्न । यो चरा त उड्ने प्राणी हो ।यसलाई खुल्लाआकाशमा उड्न दिनु पर्छ ।”
“तर म यसलाई माया गर्छु । मसंगै राख्छु, सधै दाना दिन्छु नि ।”
“तिमीले माया त गर्छौ तर पट्टुको पनि त हाम्रो जस्तै बाआमाहोला । कतिखोजि राखेको होलान् उनीहरुले । एक पटक सोच त मिलन । यदितिमीलाईपनि कसैले कोठामा कैद गरेर राख्यो भने कस्तो हुन्छ ?”
मिलनले रुन्चे अनुहार बनाएर भन्यो “म मेरो बाआमा र साथीहरु भन्दा टाढा बस्न सक्दिन ।”
“तिमीलाई दःुखलागेको जस्तै पट्टुलाई निकति नराम्रो लाग्यो होलाआफ्नो परिवार र साथीहरुसंग बिछोड हुँदा ।”
“म मेरो पट्टुलाई धेरै माया गर्छु । यसलाई दःुखभएको म हेर्न सक्दिन, यसको घाउ निको भएपछि यसलाई त्यहीजंगलमा लगेर छाड्छु ।”मिलनले भने ।
“हो राम्रो निर्णय लियौ मिलन । हामीले कुनै पनिजीवजन्तुलाई कैद गरेर राख्नु हुन्न ।”आभाले मिलनको साथदिंदै बोलिन् ।
यतिभन्दै आभाआफ्नो घरतिर लागिन् ।

कीर्तिपुर

तपाइँको प्रतिक्रिया ।