कता छ नेपाल?

कता छ नेपाल?

कपन अनलाइन

काठमाडौं, मंसिर २७/ त्रिलोचनआचार्य/ कविता

१. जता छन् पहरा पाखाजता पहाड राज छन्
जता मैदान छन् सग्लाजताहिमालताज छन्
जतातालहरू हाँस्छन् झर्ना कल्कल छन् जता
त्यतै भेटिन्छ नेपालआऊन् हेर्न सबै यता ।

२. जता छन् चम्किला वस्तीखुल्ने आदिम सभ्यता
जतापाखापखेरा छन् साँचेकाभव्य रम्यता
जता गुराँस फक्रेर पार्दछन् मन मोहित
त्यै हो नेपालगोर्खेको वीरताले सुशोभित ।

३. छन् जताभाइचाराले चम्केकाअनुहार झन्
जताआत्मीयताचोखो खुलेका परिवार छन्
एक–आपसमादुख्ख सुख्ख बाँडिन्छ लौ जता
तपस्या स्थलपुर्खाको भेट्छौ नेपालहो त्यता ।

४. जता माटो स्वयं बाँच्छ सिर्जनामा रमाउँदै
जता बाटो स्वयं हिँड्छ कवितागुन्गुनाउँदै
जताखोलानदीकुद्छन् लक्ष्यबोकेर बेसरी
त्यै नेपालबुझौँ हिँड्ने स्यूरेर गुनकेशरी ।

५ गीत गुजिन्छ द्यौरालीडाँडामा सुरिलो जता
प्रातः दौडन्छकोदालीबोकेर खेतमाजता
नारेकाहलगोरुका पछाडि छ युवाभने
नेपालहो त्यतै भेटेँ भन्दिए हुन्छ मित्र हे ।

६. जताजागृतिको शंखघोषमा खुल्छ मन्दिर
जताविविध संस्कृतिधर्ममा झुक्दछन् शिर
अनेकौँ भेषभूषामाजता छन् बुद्ध भावना
थुप्रै अनेकताभित्र भेटिन्छ एकतात्यहाँ ।

७. जता छिमेकको कैले छानाको शीत पर्दछ
जता त्यै शीतदानामादुख्ख्कागीतझर्दछ
भो नझार चिसो भन्दै जताआक्रोस नाँच्दछ
जता परे स्वयं बल्दै आँसु आगो उकेल्दछ ।

तपाइँको प्रतिक्रिया ।