मैदानमा गगन र निर्मलमात्र, आएनन् पासाङ

कपन अनलाइनआज आयोजित एक विशेष कार्यक्रममा  गगन थापा र निर्मल कुइँकेल पत्रकारहरुलाई आफ्नो चुनावी अभियानका बारेमा विस्तृत जानकारी दिँदै गर्दा अर्का उम्मेदवार पासाङ भने मैदानमा देखिएनन् । महत्वपूर्ण कार्यक्रममा पासाङको अनुपस्थितिका बारेमा उपस्थित पत्रकार तथा अन्यले उनको नाममा हाँसोसमेत गर्न भ्याए । अन्नपूर्ण दैनिक पत्रिकाले आयोजना गरेको चुनाव विशेष कार्यक्रममा पत्रकार तथा बुद्धिजिवीहरुकाबीच उम्मेदवारहरुले आफ्नो चुनावी अभियानका बारेमा योजना तथा लक्ष्य सुनाए । उम्मेदवारहरुले किन क्षेत्र नं. ४ का जनताले आफूलाई भोट किन दिने भन्ने बारे बताए ।

 
DSC_7558 देशकै सबैभन्दा चर्चाको विषय बनेको काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगन थापा, एमालेका निर्मल कुइँकेल, एमाओवादीका पासाङ र राप्रपा नेपालबाट उद्धब पौडेल मैदानमा छन् । चर्चित युवा नेता गगन थापा र तत्कालिन जनमुक्ति सेनाको कमाण्डर पासाङका कारण यो क्षेत्र सबैको चासोको विषय बनेको छ भने एमालेका उम्मेदवार निर्मल कुइँकेलको प्रभावशाली चुनौतिले झनै चासो बढाएको छ । राप्रपा नेपालका सिनेकर्मी उद्धब पौडेल पनि कांग्रेस र एमालेको भोट काट्ने उम्मेदवार भएकाले क्षेत्र नं. ४ महत्वको बनेको छ ।

 

DSC_0906
क्षेत्रको विषयमाभन्दा पनि राष्ट्रिय विषयमा बढि केन्द्रित चुनाव विशेष कार्यक्रममा गगन थापा, निर्मल कुइँकेल तथा उद्धब पौडेलले आफ्नो पार्टीले यस संबिधानसभामा खेल्ने भूमिकामा आफूलाई केन्द्रित बनाए । नेपाली कांग्रेसका गगन थापाले आफूले यस क्षेत्रमा जीत हासिल गरेमा आफूले पाउने तलब एक कार्यालय बनाएर क्षेत्र नं. ४ को जनताको सेवा गर्ने बताए । उनले राजनीति पेशा नभएकोले सभासद बनेपछिको तलब आफूले नलिने घोषणा गरे । त्यसैगरी एमालेका निर्मल कुइँकेलले क्षेत्र नं. ४ मा एमालेले २० करोडभन्दा बढि रकम बराबरको विकास गरेकोले आफू क्षेत्रको विकासतिर बढि केन्द्रित हुने बताए । राप्रपा नेपालका उद्धब पौडेलले हिन्दू राज्य तथा राजासहितको प्रजातन्त्रको बारेमा अब जनता जागेको बताए ।

तपाइँको प्रतिक्रिया ।