गगनको घरदैलोमा लोक संगीतको मज्जा (भिडियो सहित)

कपन अनलाइन बद्रि भट्टराई

आमा बुबा हे दाजु भाइ । भोट हालौ नेपाली काँग्रेसलाई ।। रुख हो रे काँग्रेसको चिनो । सबै मिलि रुखमा भोट दिनु ।। गगन थापा आउदैछन घुमि । काँग्रेसले नै सिङ्गार्छ यो भुमि ।।

बोलका गीतहरु प्रस्तुत गदै पुर्ण उत्साहका साथ  चुनावी अभियानमा लागेका छन नेपाली काँग्रेस कपनका नेता तथा कार्यक्रताहरु ।  युवा नेता गगन कुमार थापाको कपन गाविसको घरदैलो कार्यक्रम अन्तर्गत गत ३ गते शनिवार कपनका पाखामा गुञ्जिएको स्वर हो यो ।  ७० वर्ष उमेरका बृद्धा बृद्धासमेत स्वस्फुर्त सांगीतिक माहोल बनाउदै घरदैलो अभियानमा पुगेका गगन कुमार थापा अग्रजको आशिर्वाद लिदै  सयौ शुभचिन्तकका माझमा नेपाली काँग्रेसको शान्ती र संविधानसंगको  अभियान सुनाइरहेका  छन्  ।

कपनका डाँडा पाखामा स्वस्फूर्त गगनको पक्षमा गञ्जिएको यो गीतसँगै नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगन थापा  यी दिनहरुमा चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् । कपन, चपली भद्रकाली, महाँकाल, चुनिखेल गाविसमा पहिलो चरणको घरदैलो कार्यक्रम चलिरहेको छ । कपन गाविसमा पहिलो चरणको घरदैलो सम्पन्न भएको छ । कपन गाविसमा नेपाली कांग्रेसले कार्तिक महिनाभरमा ६ पटक घरदैलो गर्ने कार्यक्रम अन्तर्गत वडा नं. ६,७,८ र ९ वडामा विशेष घरदैलो सम्पन्न गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।