युवाहरुलाई समेट्दै विवेकशील नेपाली अभियानका उम्मेदवार सन्तोष प्रधान

क्षेत्र नं. ४ का युवा उम्मेदवार सन्तोष प्रधान
क्षेत्र नं. ४ का युवा उम्मेदवार सन्तोष प्रधान

कपन अनलाइनबाबुराम भट्टराई प्रधामन्त्रि हुँदा सर्बाधिक चर्चामा रहेको अकुपाई बालुवाटार अभियानका हर्ताकर्ताहरु यतिखेर संबिधानसभाको चुनावी राजनीतिमा युवाहरुलाई समेटिरहेका छन् । अकुपाई बालुवाटारलगायतका विभिन्न महत्वपूर्ण अभियानमा लागेका केही युवाहरु यस संबिधानसभामा विवेकशील नेपाली अभियान अन्तर्गत निर्वाचनमा सहभागि छन् । राजधानी काठमाडौंको क्षेत्र नं. १, ४, ५ र ८ मा विवेकशील नेपाली अभियानका स्वतन्त्र उम्मेदवारहरु विशेष गरेर युवावर्गलाई परिवर्तन सम्भव छ, हाम्रै कालमा भन्ने नाराका साथ समेट्दै छन् । देशका ठूला राजनीतिका दलहरुका आचरण र व्यवहारबाट दिक्क भएकाहरु एकाकार भइरहेका छन् यो अभियानमा ।
देशकै सबैभन्दा धेरै चर्चामा रहेका काठमाडौ क्षेत्र नं. ४ मा विवेकशील नेपाली अभियानका सन्तोष प्रधान उम्मेदवार बनेका छन् । २५ वर्षीय यी युवा सफल उद्यमी हुन् । कम्प्युटर सफ्टवयरको व्यपारी सन्तोषले आफ्नो उम्मेदवारीलाई आर्थिक उन्नती र शान्तिलाई प्रमुख एजेण्डा बनाएका छन् । त्रिभुवन विश्वविद्यालयसहित अमेरिकाको हावर्ड बिजनेस स्कूलमा अध्ययन गरेका सन्तोषको सिंगापुर र अमेरिकामा व्यवसायिक कार्यालयहरु रहेको छ । देशको लागि वफादार मानिसको अभाव भएका कारण वफादारको प्रतिक कुकुर चिन्हलाई यो संबिधानसभामा सन्तोष तथा विवेकशील नेपालीअभियानमा जोडिने सेतु बनाएको छन् उनले । गएका संबिधानसभामा माओवादी पार्टीका केही आश गरेका थिए सन्तोषले । तर उनीहरूको राजनीतिक विचलनबाट क्षुब्ध भएका सन्तोष  राजनीतिक दलहरुबाट मात्रै केही हुन्छ भनेर आशा गर्ने हो भने हामी पनि यत्तिकै बुढा हुन्छौं । परिवर्तनको शुरुवात् आफैबाट र अहिलै नै गर्नु पर्ने धारणा राख्छन् उनी ।

 

P1040286P1040297P1040291P1040290

 

जीत हारभन्दा पनि राजनीतिबाट दिक्क भएका युवाहरुलाई असल नागरिक पनि उम्मेदवार बनेर राजनीतिमा समाहित हुनपर्छ र परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने विचार बाँड्न चाहन्छन् सन्तोष । उनी भाषण र फूलमालाको राजनीति छाडि जनताका आवश्यकता गाँस, बास, कपास, पानी, बिजुली, शिक्षा तथा रोजगारजस्ता कुरालाई सम्बोधन गर्न सक्ने राजनीतिक आचरणको शुरुवात गर्न आफू उम्मेदवार भएको बताउँछन् । विवेकशील नेपाली अभियानमा लागेका युवाहरुमा सन्तोषसँगै क्षेत्र नं. १ बाट गोविन्द नारायण, क्षेत्र नं. ५ बाट उज्ज्वल थापा र क्षेत्र नं. ८ बाट पुकार बम संबिधानसभाको चुनावी अभियानमा छन् । उनीहरुको भन्छन्, हामी उर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीसँग स्वतन्त्र उम्मेदवार हौं ।

kukur
यसैबीच कपनमा आज आयोजित एक कार्यक्रममा विवेकशील नेपाली अभिायन अन्तर्गत क्षेत्र नं. ४ को चुनावी प्रचारप्रसारको सुरुवात गरियो । यस क्षेत्रका उम्मेदवार सन्तोष प्रधानलागयतका युवाहरु सामाजिक र राजनीति विसंगति बिरुद्धका नारा लेखिएका कार्डहरुसहित नेपालको झण्डा लिएर कपनको बगलामुखी चोकबाट चुनावी अभियान सुरु गरे । सामान्य मजदुरको हातबाट रातो टीका लगाएर सन्तोष प्रधानले सबै कपनवासीलाई विवेकशील नेपाली अभियानमा सहभागि हुन आग्रह गरे ।

 

तपाइँको प्रतिक्रिया ।