क्षेत्र नं. ४ को चुनाव सर्वेक्षणमा ४ समूह

कपन अनलाइनदेशमा नै सबभन्दा चर्चामा रहेको काठमाडौं क्षेत्र नं. ४ को चुनावी माहौल निकै तातेको छ । उम्मेदवारहरु चुनाव प्रचारप्रसार घरदैलो तथा भेटघाटमा व्यस्त । उम्मेदवारहरुका नाममा सामाजिक संजाल तथा वेवसाइडहरु सार्वजनिक भएका छन् । पार्टीहरुले सबैभन्दा बढि जनसंख्या भएको कपन गाविस, वडा नं. ३३, र वडा नं. ७ र महांकाल गाविसमा विशेष चुनावी अभियान चलाएका छन् । स्वतन्त्र व्यक्ति तथा पार्टीबाट मोहभंग भएका कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा तान्ने कार्यमा पनि पार्टीहरु तल्लिन छ ।क्षेत्र नं. ४ को चुनावी महौललाई अध्ययन गर्ने ३ वटा संस्था तथा १ स्वतन्त्र समूह यतिखेर सक्रिय छ । यस अघि करिब २० दिनअघि एउटा स्वतन्त्र समूहले यस क्षेत्रको सर्वेक्षण गरिसकेको छ । पद्मकन्या कलेजका ३ जना विद्यार्थीको स्वतन्त्र समूहसहित NAAD, मासम र ‘स्वतन्त्र निर्वाचन सर्वेक्षण समूह’- २०७० नामका तीन समूह यतिखेर क्षेत्र नं. ४ मा सक्रिय रहेका छन् ।

 

कपनमा मत सर्वेक्षण गरिरहेको NAAD प्रतिनिधि सुभाष कार्कीका अनुसार उनीहरुको समूहको सर्वेक्षण १० दिनभित्र सकिनेछ । चपली तथा चुनीखेल गाविसमा ३०० जनासँग सर्वेक्षण सकेर कपन आएका ल्बबमले यसअघि भक्तपुरका क्षेत्र नं. १ मा सर्वेक्षण सकेर आएको हो । भक्तपुर क्षेत्र नं. १ मा प्रेम सुवालले करिब सहज जीत हासिल रिपोर्टका साथ भेटिएका NAAD का प्रतिनिधि कार्की UN  का कर्मचारी हुन् । तिहारको पूर्वसंध्यामा काठमाडौं क्षेत्र नं. ४ को चुनावी परिणामको बारेमा ४ वटा भिन्नभिन्न किसिमको सर्वेक्षण आउने छ । ४ वटा रिपोर्टहरुमध्ये पद्मकन्या कलेजका विद्यार्थीहरुको रिपोर्ट सबैभन्दा छिटो आउनेछ । हाल चावहिलमा सर्वेक्षण गरिरहेको यो टोलीको सदस्या अनुपा विष्टका अनुसार अब १ र ३३ नं. वडाको मात्र सर्वेक्षण बाँकी छ ।

तपाइँको प्रतिक्रिया ।