तीन मुक्तक !

तीन मुक्तक !

कपन अनलाइन

काठमाडौं, मंसिर २०। दिव्य गिरी

१.
यहाँ गरीबलाई साँझ–बिहान एक माना दुखेको छ
यहाँ जनतालाइ दिन–रात सीमाना दुखेको छ
हिजो कसले गल्ती ग¥यो, दोष दिने कसलाई ?
पढ्दै जाँदा इतिहासको हरेक पाना दुखेको छ ।

२.
यो देशमा राम्रो मान्छे सँधै लखेटिने गर्छन्
यो देशमा हाम्रो मान्छे सँधै समेटिने गर्छन्
तेसै सतीको श्राप परेको देश भनेको होइन
यो देशमा नालायक कुर्सीमा भेटिने गर्छन् ।

३.
म दिनदिनै सीमाना हराएको खबर पढिरहेछु
म दिनदिनै मन्त्रि हुनेहरूको रहर पढिरहेछु
आफ्नै अस्तित्वमाथि हस्तक्षेप हुँदा पनि
म दिनदिनै सरकार हराएको प्रहर पढिरहेछु ।

(टिकाथली ५, ललितपुर)

तपाइँको प्रतिक्रिया ।