प्रदेश नं. ३ नेपाल डेरी एसोसिएशनको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

प्रदेश नं. ३ नेपाल डेरी एसोसिएशनको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

कपन अनलाइन

काठमाडौं, मंसिर १७। प्रदेश नं. ३ नेपाल डेरी एसोसिएशनको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

प्रदेश नं. ३ का अध्यक्ष  राजन प्रसाद दाहालको सभाध्यक्षतामा सो कार्यक्रमको उद्घाटन प्रमूख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक  बाबुकाजी पन्तद्वारा ओलिभर पब्लिक स्कुलका पाँचजना बालबालिकाहरुलाई दुधपान गराई  गरिएको हो ।

उक्त कार्यक्रम संचालन प्रदेश नं. ३ का सचिव  गोपाल प्रसाद तिमिल्सिनाले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य प्रदेशका सह– सचिब  कृष्ण प्रसाद ढकालले राखेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बाबुकाजी पन्तले राष्ट्रिय दुग्ध विकास बोर्ड सधै डेरी व्यवसायीहरुको अभिभावक रहेको र सहकार्य गरि अघि बढ्ने, सबै डेरी व्यवसायीहरुको हक हितमा लागिपर्ने र मिल्क हलिडे हुन नदिन पहल गर्ने, यस व्यवसायमा आउने समस्या र समाधानका लागि संगै लागिपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा प्रदेश नं. ३ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले कृषि तथा डेरी जन्य पदार्थमा नेपाल सरकारले लगाएको भिसिटिएस र भुक्तानीमा अनिवार्य पान लागु हुने कुरामा सरकारसंग पहल गरि कृषि तथा दुधजन्य पदार्थलाई समावेश नगर्न सहजीकरण गर्नेमा जोड दिए ।

नेपाल डेरी एसोसिएशन केन्द्रिय अध्यक्ष राधाकष्ण सापकोटाले सदैव डेरी सदस्यहरुको हक रहितमा लागि पर्ने र डेरी उद्योगीहरुले पनि सधै संगठन आफ्नो ठानी संगठनका गतिविधिमा साथ दिन आग्रह गरे ।

नि. अध्यक्ष सुमित केडियाज्यूले डेरी सेक्टरमा पाउने अनुदानमा डेरी उद्योगको आवश्यकता अनुसार माग गर्न पाउने, धुलो दुध उद्योग संचालनमा कुनै बाधा नहुने गरि सरोकारवाला निकायहरुले ल्याउने नयाँ योजनामा सोच्नुपर्ने कुरा बताए । महा सचिव प्रल्हाद दाहालले व्यवसाय गर्न पाउनु सबैकोअधिकार हो । डेरी क्षेत्र सुधारका लागि सरकारी निकायदेखि सम्बन्धित डेरी उद्योगीहरु पनि लाग्नुपर्ने बताउदै एसोसिएसन को अब पुसमा हुने वार्षिक साधारणसभामा सबैलाई अनिवार्य उपस्थित हुन अनुरोध गरे ।

कार्यक्रममा दिप प्रसाद धमला, सदस्यहरु बद्री ढकाल, रामभक्त दाहाल, मनोज कुमार घिमिरे, तिर्थ अधिकारीका साथै विभिन्न जिल्लाबाट डेरी उद्योगीहरु करिब १०० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा मरणोपरान्त सम्मानका लागि आफ्नो आजीवन डेरी व्यवसायमा लाग्नु भएको र एसोसिएशनका संस्थापक स्व. हरि प्रसाद सापकोटालाई, लामो समयदेखि डेरी उद्योगीका रुपमा निरन्तर लागिपरिरहनु भएकाले दिर्घ सम्मान, राम डेरी उद्योगका संचालक  दुर्गा प्रसाद दाहाललाई, उत्कृष्ट डेरी उद्योगीहरुमा  कृष्ण प्रसाद ढकालको श्री राधाकृष्ण डेरी फर्म, जोरपाटी र  नातिराम थापाको श्री कृष्ण दुध भण्डारलाई प्रदान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।