करातेमा नेपालका नविनलाई स्वर्ण

करातेमा नेपालका नविनलाई स्वर्ण

कपन अनलाइन

काठमाडौं,मंसिर १७ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नबिन रसाइलीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा पाकिस्तानका खेलाडीलाई हराउँदै नबिनले ६७ केजी कुमुतेमा स्वर्ण जितेका हुन् ।

नबिनले पाकिस्तानका अहमेद नासिरलाई ८-६ अंकले पराजित गरे । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।

यो सँगै १३ औं सागमा नेपालले करातेमा ८ स्वर्ण जितेको छ ।

तपाइँको प्रतिक्रिया ।