कपन गाविसले सामाजिक सुरक्षा भत्ता मंगलबारबाट बाँड्ने

कपन अनलाइन कपन गाविसले आर्थिक वर्ष २०७०/७१ को सामािजक सुरक्षा भ्रत्ताको पहिलो किस्ता आउँदो मंगलबारबाट बाँड्ने भएको छ । यसै किस्ताबाट बैंकबाट बाँड्न लागेको सामाजिक सुरक्षा भत्ता सेवाग्राहीले कपन ३ स्थित नेपाल बंगलादेश बैंका शाखाबाट प्राप्त गर्न सक्नेछन् । कपन गाविसका सचिव लोमस आचार्यका अनुसार असोज २२ गते मंगलबार बिहान १० देखि साँझ ५ सम्म बैंकबाट सहज रुपमा भत्ता लिन सकिनेछ । भत्ता लिनका लागि सम्बन्धित व्यक्ति आफ्नो परिचयपत्रका साथ बैंकमा पुग्नु पर्नेछ ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता शीर्षकमा स्थानीय निकायबाट मासिकरुपमा जेष्ठ नागरिकलाई रु. ५००/-, एकल महिलालाई रु. ५००/-, पूर्ण अपाङ्गलाई रु. १०००/-, आंसिक अपाङ्गलाई रु. ३००/-, दलित बालबालिका (५ वर्ष मुनीका)लाई रु. २००/- बाँड्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।