एमाले कपनको दशैं शुभकामना कार्यक्रम सम्पन्न
कपन अनलाइन पुरूषोत्तम नेपाल
कपन, १९ असोज । नेकपा एमाले कपनले आफ्नो वार्षिक नियमित कार्यक्रमलाई निरन्तरता दिदैं विजयादशमी, दिपावली, इद, छठ, नेपाल संवत् प्रारम्भ, लोसार लगायतका पर्वहरुको उपलक्ष्यमा चियापान सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कपन ३ स्थित बालउद्धार उच्च मा विको प्रांगणमा आयोजित कार्यक्रममा ५०० भन्दा बढी एमाले कार्यकर्ता तथा सर्वसाधारण उपस्थित थिए । कार्यक्रममा दोस्रो संविधानसभा निर्वाचनका एमाले प्रत्यासी निर्मल कुइँकेलले नेकपा एमालेको सूर्य चिन्हमा मत दिँदै काठमाडौका सबै क्षेत्रमा विजयी गराउन आह्वान गर्नुभयो ।
कार्यक्रममा बोल्ने स्थानीय अरु वक्ताहरुले एमालेका उम्मेदवार निर्मल कुइँकेल स्थानीय व्यक्तित्व, प्रत्येक मतदाताको बस्ती एवम् टोलको बारेमा जानकार व्यक्तित्व क्षेत्र नं. ४ को गर्वको विषय भएको बताएका थिए ।
के भने निर्मल कुइँकेलले
एमालेलाई ढुलमुले भन्नुका कारण तथा जनताको दायित्वलाई बुझाउँदै काठमाडौं ४ का एमाले प्रत्यासी निर्मल कुइकेलले व्यक्त गर्नुभएको भावना:
‘दुईजना साथीहरु रक्स्याहा रहेछन् । मापसे गरेपछि जे पायो त्यही बोल्ने, जथाभावी हिँड्ने । तिनीहरुको एकजना मापसे नगर्ने साथी पनि रहेछ । जब दुई जना मात्तिएर हिँड्छन्, तेस्रोले ती दुवैजनालाई सम्हालेर हिँड्दा देख्नेहरुले चाहिँ मापसे नगर्नेलाई रक्स्याहा देख्दा रहेछन् । अन्त्यमा ती दुई मापसे गर्नेबाट आजित भएका तेस्रो साथीले केही नलागेपछि ती दुवैलाई सुधार गृहमा लग्ने निर्णय गर्नुपर्ने अवस्था आएछ ।’