काठमाडौं कांग्रेसमा गगन थापाको प्रभुत्व
कपन अनलाइन बद्रि भट्टराई
नेपाली कांग्रेसमा गगन थापाको प्रभुत्व बढ्ने क्रमको माथिल्लो रुप नेपाली कांग्रेस काठमाडौंले आफ्ना उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा देखियो । काठमाडौं क्षेत्र नं. ४ बाट प्रत्यक्षमा टिकट पाएका गगन थापाले मनोनयन पत्र दर्ता गर्न जाँदा देखाएको तामझामपूर्ण र्यालीले अरु उम्मेदवारलाई छायाँमा पारेको छ । ठूलो संख्यामा देखिएको काठमाडौं कांग्रेसको र्यालीमा जताततै गगन थापाको ब्यानर र कार्यकर्ता छरिएका थिए । मनोनयन पत्र दर्ता गराउन बिआइसिसि भवन पुगेका उम्मेदवारहरुसँग पत्रकारहरुले बोल्ने क्रममा पनि पत्रकारहरुको फोकश गगन थापा नै थिए ।
टिकट पाउन समेत गारो परेको अवस्थामा सुप्रभा घिमिरेले बागी उम्मेदवारी दिँदा पनि गगन थापाको प्रभुत्वले काठमाडौंमा मै हुँ भन्ने कांग्रेसका नेताहरुलाई कमजोर बनाएको छ ।चुनावको नतिजा के कस्तो हुने भन्ने आंकलनका भिन्न भिन्न किसिमका सर्वेक्षण आइरहेको बेला काठमाडौं कांग्रेसमै उनको ठूलो प्रभुत्व झनै उचाइमा पुगेको विश्लेषकहरु अनुमान गर्दछन् ।
यसैबीच क्षेत्र नं. ४ लाई गगन थापामय बनाउन थुप्रै प्रयासहरु सुरुवात भएका छन् । हरेक दिन ३ देखि ५ वटा भिन्न भिन्न टोलमा गगन थापालाई लगेर चुनावी प्रचार गर्ने क्षेत्रले तयारी गरिरहेको बेला नेपाली काँग्रेस क्षेत्र नं ४ अन्तर्गत ने.का को सबैभन्दा बलियो संगठन भएको महांकाल इकाइले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बडा दशंै, शुभदिपावली, छठ तथा नेपाल सम्वत्को पूर्व सन्ध्यामा महांकाल इकाइ अन्तर्गतको ९ नं वडाका युवाहरुले आयोजना गरेको सो चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा गगन थापा उपस्थित थिए । युवा नेता गगन थापाले कार्यक्रममा बोल्दै हाम्रो प्रतिस्पर्धा कुनै दलसंग र व्यक्तिसंग मात्र नभई लोकतान्त्रिक संविधान निर्माणको पक्षमा सम्पूर्ण नेपालीहरुलाई एकसूत्रमा बाँध्न सक्ने शक्ति निर्माणको पक्षमा रहेको बताए । उनले नेपाली कांग्रेस समृद्ध नेपाल निर्माणको पक्षमा रहेको हुँदा सोहि अनुरुप आफूले कार्य गर्ने समेत बताए । राष्ट्रिय राजनीतिका बारेमा बोल्दै थापाले निर्वाचनको प्रकृयालाई अगाडि बढाउँदै असन्तुष्ट पक्षसंग वार्तालाई पनि निरन्तरता दिनुपर्ने बताए ।
करिब २०० को हाराहारीमा उपस्थिति रहेको सो कार्यक्रममा सुकेधारा टोलसुधार समितिका संस्थापक अध्यक्ष वरिष्ठ.समाजसेवी रामप्रसाद कार्कीलाई गगन थापा हातबाट सम्मान गरिएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नं ४ को सम्पर्क कार्यालय चाबहिलमा
नेपाली काँग्रेस क्षेत्र नं ४ ले आगामी संविधान सभा निर्वाचनका लागि क्षेत्र को सम्पूर्ण सिमानालाई मध्यनजर गर्दै चाबहिल मेडिकेयर अस्पतालको अगाडि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । क्षेत्र नं ४ का उम्मेदवार एवं ने.का .केन्द्रिय सदस्य गगन थापाले सो मनोनयन पत्र दर्ता गर्न जानु अघि सो कार्यालयको उद्घाटन गरेका थिए ।