एनसिवासि कप फुटबल प्रतियोगिता शुरु

कपन अनलाइनविजयादशमीको शुभ शुभअवसर पारेर नारायणचोक युवा क्लबले एनसिवासी कप फुटबल प्रतियोगिता संचालन गरेको छ । १० दिनसम्म चल्ने यो फुटबल प्रतियोगितालाई कपनको ह्याण्डबलचौरमा हिजो एक कार्यक्रमबीच कपन गाविसका सचिव लोमस आचार्यले उद्घाटन गरे । उपत्यकाका ४० वटा टिम सहभागि रहने प्रतियोगिताको प्रथम हुने टिमलाई नगद २५००० सहित शिल्ड र ट्रफि प्रदान गरिनेछ भने दोस्रो हुनेलाई नगद १५००० सहित शिल्ड र ट्रफि प्रदान गरिनेछ । आयोजक संस्थाका अध्यक्ष सुशान्त तामाङका अनुसार बेस्ट स्कोरर तथा म्यान अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिने योजना छ ।

तपाइँको प्रतिक्रिया ।