कपन गाविसको नयाँ भिलेज प्रोफाइल अन्तिम चरणमा

कपन अनलाइनगाउँबाट बिस्तारै बिशाल सहरमा परिणत हुँदै गएको कपन गाविसका बारेमा जान्ने चाहनेका लागि यहाँको सबै विषयबस्तु बारे जानकारी दिने हेतुले कपन गाविसले बनाउन लागेको नयाँ भिलेज प्रोफाइल तयारीको अन्तिम चरणमा पुगेको छ । कपन गाविसका सचिव लोमस आचार्यका अनुसार प्रोफाइल सबै तयार भैसकेको छ यो प्रुफ रिडिङको क्रममा रहेको छ । १३० पृष्ठको भिलेज प्रोफाइलले कपनको बारेमा सबै जानकारी लिन सकिने सचिव आचार्यले बताए । विजयादशमीको अवसर पारेर सार्वजनिक गरिन लागको नयाँ भिलेज प्रोफाइल सार्वजनिक पूर्व कपनका राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षर गर्नेछन् । गाविस सचिव लोमस आचार्यका अनुसार यस भिलेज प्रोफाइललाई कपन गाविसको आधिकारिक वेबसाइटबाट सार्वजनिक गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।