कपनमा चुनावी माहौल बनाउन एमाओवादी व्यस्त

कपन अनलाइनगत संबिधानसभामा हारको बावजुद निर्वाचनमा कपनबाट पहिलो स्थान प्राप्त गरेको एमाओवादी यस चुनावमा कपनबाट अरु पार्टीभन्दा बढि मत ल्याउने योजनासाथ व्यस्त रहेको छ । कपन गाविसको वडा नं. १ र ३ लाई फोकस गरेर भेटघाटलाई तीव्रता दिइएको एमाओवादी कपन अध्यक्ष शिब बजगाइँले कपन अनलाइनलाई बताए । भेटघाटका क्रममा सम्भावित उम्मेदवारहरु पनि यदाकदा देखिने गरेका छन् । वडा नं. १ लाई ४ भागमा विभाजित गरिएको छ भने ३ नं. वडालाई दश भागमा विभाजित गरेर गतिबिधि बढाइएको कुरा बजगाइँले बताए ।

 

कपनमा बिभिन्न आगामी निर्वाचन केन्द्रित गतिबिधिमा व्यस्त हुने क्रममा एमाओवादी कपनले कपनमा रहेको ४ वटै मतदान बुथमा केन्द्रित हुने गरी बुथ कमिटि निर्माण गरेको छ । कपन ३ मा रहेको बालउद्धार स्कूल बुथ नामको कमिटि ३२ सदस्यीय बनेको छ । यस कमिटिको अध्यक्षमा सुवास राइलाई तोकिएको छ भने सचिवमा उपेन्द्र तिमिल्सिना रहेको एमाओवादी अध्यक्ष शिब बजगाइँले कपन अनलाइनलाई बताए । त्यसैगरी वडा नं. १ को उसु हल बुथ कमिटिको अध्यक्षमा माधव भट्टराई रहेका छन् । यस बुथमा लक्ष्मी धिताल सचिव रहेका छन् भने यो कमिटि २७ सदस्यीय बनेको छ । वडा नं. ६ को ग्रामशिक्षा स्कूल बुथ कमिटि सत्यनारायण अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति बनेको छ । यस समितिमा रेवत तिमिल्सिना सचिव रहेका छन् । त्यस्तै ८ नं. वडामा रहेको यज्ञमती स्कूल बुथ कमिटिको अध्यक्ष रामबहादुर लामालाई बनाइएको छ । १७ सदस्यीय यस कमिटिको सचिवमा जयबहादुर लामा रहेका छन् ।

 

Nandakishor-Pun-Pasang_20091129015209
पासाङ

काठमाडौं क्षेत्र नं. ४ मा रहेका ४ गाविस र ४ महानगरपालिकाको ४ वडाहरुमध्ये कपन सबैभन्दा बढि मतदाता भएको ठाउँ हो । एमाओवादीले यस क्षेत्रमा केन्द्रिय सदस्य नन्द किशोर पुन प्रत्यक्षतर्फ उम्मेदवार हुने करिब निश्चित भएको छ भने समानुपातिकमा दुई महिला उम्मेदवारहरु सरु र शिखा सिफारिसमा परेका छन् ।

तपाइँको प्रतिक्रिया ।