सप्तदेव सहकारीको चौथो साधारण सभा सम्पन्न

[service title=”आशिष गुरागाईं /कपन अनलाइन ” icon=”https://www.kapanonline.com/wp-content/uploads/2013/09/aas.jpg”][/service]वर्तमान सरकार जनताको वास्तविक सरोकारलाई भन्दा पनि ठूला पूँजीपतिको सरोकारलाई प्राथमिकता दिन थालेको सहकारी सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।[quote] बैंकर्सहरुको प्रभावमा परेर केही समिति सहकारीले गरेको व्यवहार देखाउँदै साना र वास्तविक सदस्यसम्म पुग्ने सहकारीहरुलाई अङ्कुश लगाउने प्रयास सहकारी विभागले गरेको सहकारी सरोकारवालाहरुले आरोप लगाएका छन् ।[/quote]1267451_400717286697128_880209920_o

बालउद्धार स्कुल नजिक रहेको सप्तदेव बचत तथा ऋण सहकारी संस्थाले कपन पार्टी प्यालेसमा असोज २ गते सम्पन्न गरेको आफ्नो चौथो वार्षिक साधारण सभामा उपस्थित व्यक्तित्वहरुले सो आरोप लगाएका हुन् । उक्त साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक के.बि. उप्रेतीले बैंकर्स संघका पूर्व अध्यक्ष अनिल शाह तथा वर्तमान अध्यक्ष राजनसिंह भण्डारीले आफ्नो प्रमुख कार्यभार सहकारी क्षेत्रलाई सिमीत तुल्याउनु भएको बताउनु र वर्तमान सरकारले सहकारी क्षेत्रलाई तहसनहस गराउने गरी नियमावली मन्त्रिपरिषद्मा देशको संक्रमणकालमा लैजानुले अझ बढी आशङ्का पैदा भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष शंकरराज न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको उक्त साधारण सभाका संस्थाको कुल सम्पत्ति २ करोडभन्दा बढी पुगेको जानकारी गराइएको थियो भने संस्थाका आगामी वर्ष गरिने कार्ययोजना प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक पुरुषोत्तम नेपालले संस्थाका आर्थिक योजनाहरुका बारेमा पावरप्वाइन्ट मार्फत सदस्यहरुलाई प्रष्ट पार्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।