स्वस्थ, खुसी र फलदायी जीवन जिउनको लागि पढौं

 स्वस्थ, खुसी र फलदायी जीवन जिउनको लागि पढौं

कपनअनलाइन

काठमाडौं,कार्तिक १७। शान्ता दाहाल/

स्वस्थ, खुसी र फलदायी जीवन जिउनको लागि पढौं । पढाइ सीप जीवनभर काम लाग्ने आधारभूत सीप हो । त्यसकारण पुस्तकालयको आवश्यकता , महत्व तथा प्रयोगबारे यो सानो प्रयास पाठक, पुस्तक विक्रेता, शैक्षिक संस्था, पुस्तकालय तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई पुस्तक पढ्न घचघच्याउने छ भन्ने मैले विश्वास गरेको छु ।

बालपुस्तक किन ?
बालपुस्तकहरूको प्रयोग विभिन्न प्रयोजनका लागि गरिन्छ ।

  •   पुस्तकको माध्यमबाट मनोरञ्जन तथा ज्ञान प्रदान गर्नु यसको प्रमुख उद्देश्य हो ।
  •  बालबालिकाहरूले नयाँ शब्द तथा वस्तुको परिचय पाउँछन् ।
  •  उनीहरूको मनमा आउने अनेकन प्रश्नहरूको उत्तर पनि पुस्तकबाट नै प्राप्त गर्ने गर्दछन् ।
  •  बालबालिकालाई अक्षरहरूको प्रारम्भिक ज्ञान दिनका लागि बालचित्रकथा तथा कविताको प्रयोग झन् प्रभावकारी हुने गरेको पाइएको छ ।
  •  बालचित्रकथा तथा चित्रकविताहरूले बालबालिकालाई बढी आकर्षित गर्ने हुँदा शिक्षक तथा अभिभावकहरूको बालबालिकाहरूसँग अन्तरक्रिया गर्ने माध्यम पनि हो ।
  •  ज्ञान बाह्य पुस्तकहरूले विभिन्न प्रयोग विधिबाट भण्डारण गर्न सक्दछ ।
  •  बालबालिकाको जिज्ञाशाको उत्तर दिने माध्यम भनेको बालपुस्तक नै हो ।

शिक्षक तथा अभिभावकले बालबालिकालाई सानै उमेरमा बालपुस्तकको प्रयोग गर्ने थालनी गर्नु पर्दछ । आफैँले पढ्न नसक्ने उमेरका बालबालिकालाई अभिभावकले बालपुस्तकको परिचय गराउने तथा यसबाट कथा तथा कविता श्रवण

वाचन गरेर सुनाउनु पर्दछ । आफैँले पढ्न सक्ने उमेरका बालबालिकालाई पढ्ने वातावरण मिलाई प्रोत्साहन दिनु पर्दछ । हामीले कक्षागत पाठ्यक्रम र पाठ्यपुस्तक अध्ययन गर्नुपर्ने कुरा मात्र हो तर सम्पूर्ण भने होइन भन्ने कुरा बुझ्नु जरुरी छ ।

कथा पढ्नुको फाइदा

बलबालिकाले कथाश्रवणबाट ज्ञानमात्र नभइ मनोरञ्जन पनि प्राप्त गर्दछन् । जव पुस्तकालय सञ्चालकले उपयुक्त ढंगले कथा वाचन गरिदिन्छन् त्यसको गहिरो छाप बाल मस्तिष्कमा पर्नुका साथै उनीहरुले आनन्दित र खुशी महसुस गर्दछन् । कथाश्रवण वा पठनबाट प्राप्त अनुभवले बालबालिकाको ज्ञानको क्षितिज फराकिलो पार्नुका साथै विभिन्न मूल्य ग्रहण गर्ने, जोसजाँगरमा वृद्धिहुने, सकारात्मक सोचको विकास हुनाको साथै अरु व्यक्तिप्रतिका दृष्टिकोणमा पनि निखारता आउनुका साथै सहानुभूति पनि वढ्छ । समस्यासँग जुध्ने शक्ति प्राप्त हुन्छ र बढीभन्दा बढी कथा पढ्ने बानीको विकास हुन्छ । विद्वानहरुका अनुसार एक वर्षदेखि छ वर्षसम्मका बालबालिकामा कथाको महत्व बढी हुन्छ ।

तपाइँको प्रतिक्रिया ।