वाग्मती सफाइको ३०० औं हप्ता अभियान सम्पन्न

वाग्मती सफाइको ३०० औं हप्ता अभियान सम्पन्न
कपनअनलाइन
काठमाडौं,कार्तिक १७। वाग्मती सफाइको ३०० औं हप्ता सफाई अभियानमा नौलो आयाम वाग्मती सफाइको ३०० औं हप्ता पुरा भएको छ ।
वाग्मती सफाइको ३००औं  हप्ता पुरा भएको अवसरमा प्रकृती र मानव जातीबीचको अन्तर सम्बन्धलाई प्रगाढ पार्ने पर्वका रुपमा रहेको छठ पर्वको पूर्व सन्ध्यामा कार्तिक १६ गते गुह्येश्वरी स्थित छठ पुजास्थलको सफाई कार्यक्रम सम्पन्न भएको छ ।
सफाई कार्यक्रम सुरु गर्नु भन्दा अघि अविरल वाग्मती नदीमा कर्मगर्नेहरुलाई रुद्राक्षको माला र खादा ओढाएर सम्मान गरिएको थियो ।
उक्त  कार्यक्रममा  प्रदेश सभा सांसद रामेश्वर फुँयालले वाग्मतीको सुन्दरता संगसंगै सरकारी स्तरबाट वाग्मती पिडितहरुको पीडालाई समेत सम्बोधन गर्नुपर्ने बताए ।
उक्त  कार्यक्रममा सांसद छिरिङ दोर्जे लामाले वाग्मतीलाई पुर्ववत रुपमा फर्काउने अभियानमा आफ्नो पुरा साथ रहेको बताए ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, चीनका लागि नेपालका राजदुत लिलामणी पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष नरेन्द्र कुमार बस्नेत, आयोजना प्रमुख लिला प्रसाद ढकाल र छठ ब्यवस्थापन समितिका महासचिव नवल किशोर यादव लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो।
३०० हप्ताको सफाई कार्यक्रम अघि बिबिसीपीको अध्यक्ष उत्तम पुडासैनीले सफाई अभियानको मोडल परिवर्तन हुनुपर्ने बताउदै अब घरदेखि नै वाग्मती सफाइ अभियान संचालन हुनुपर्ने र फोहोर बर्गिकरणलाई सर्बत्र अनिवार्य सर्तमा रुपमा अघि बढाउनु पर्ने बताए ।
तत्पश्चात गुह्येश्वरी क्षेत्रमा ब्यापक सरसफाइ गरिएको थियो । यसैबीच १६ गते छठ पर्वलाई ब्यवस्थित र सफाईका दृष्टिकोणले प्रभावकारी तुल्याउने उदेश्य सहित छठ पुजा स्थलमा १० वटा ठुला आकारका डस्टबिन राखिएको थियो भने साँझ माईकिङ गर्दै फोहोर ब्यवस्थापनमा सबैको सहयोगका लागि अपिल गरिएको थियो ।
 १७ गते बिहान गुह्येश्वरी बिनायक युवा क्लबसंगको सहकार्यमा छठ पुजाको समाप्तिसंगै सफाइ कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा कुहिने र नकुहिने फोहोरहरु बर्गिकरण गर्दै छठ पुजास्थल सरसफाई गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।