स्थानीय तहको नीति निर्माणमा जनप्रतिनिधिको भूमिका

स्थानीय तहको नीति निर्माणमा जनप्रतिनिधिको भूमिका

कपन अनलाइन 

काठमाडौ,फागुन ४ /पुन्यराज पुडासैनी

नेपालको राजनीतिक इतिहासमा ऐतिजसिक परिवर्तन भएर अहिले संघीय नेपालको पहिलो सरकार बनेको छ । एकै वर्ष नेपालमा ३ तहको निर्वाचन भएको छ भने संघीय संरचना मा सरकार हरु गठन भएका छन ।नेपालमा रहेका धेरै नगरपालिका र गाविसहरु बाट संरचना परिवर्तन भएर पालिकाहरुमा परिणत भएका छन ।यिओ स्थानीय तहलाई स्थानीय सरकारको रुपमा स्थापना गर्ने घोषणा गरिए संगै नेपालको संविधानले नै अनुसूची ८ मा यी तहका काम र कार्य क्षेत्र तय गरेर स्थानीय सरकारको रुपमा परिभाषित गरि सके पछी यस्ता तहमा निर्वाचित भएका जन प्रतिनिधिहरुले पनि सोहि अनुरुप आफ्ना गतिविधिहरु संचालन गर्नु पर्ने छ ।

यस्तो अवस्थामा सबै भन्दा पहिला जनप्रतिनिधिहरुको शशक्तिकरण र नया व्यवस्था अनुरुपको कार्यशैली र अध्ययन शिपको विकास गर्नुपर्ने छ ।यस्तो शिपको विकास र अध्ययन शैलीको विकासमा स्थानीय तहमा निर्माण हुने नीति तथा कार्यक्रम तर्जुमामा उनीहरुको भूमिका निकै महत्वपूर्ण रहने गर्दछ ।

धेरै स्थानीय तहले आफ्ना नीति निर्माण गर्दा प्राविधिक जनशक्तिको मात्र प्रयोग गरेर रुपमा नीतिहरु निर्माण गर्ने गरेका छन जुन रुपमा राम्रो देखिए पनि सारमा त्यति प्रभावकारी नहुने देखिन्छ ।

अधिकतम रुपमा जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा निर्माण हुने स्थानीय तहका नीतिहरूले त्यस तहको भौगोलिक ,सामाजिक ,सांस्कृतिक र सामाजिक अवस्थाको प्रतिबिम्ब प्रस्तुत गर्ने र स्थानीय तहको सामर्थ्य पहिचानका लागि पनि सहयोगी सिद्ध हुने हुदा स्थानीय तहले आफ्ना नीति निर्माताको रुपमा जनप्रतिनिधिलाई प्रयोग गर्नुपर्ने देखिन्छ ।

त्यसैले यस सामग्रीमा स्थानीय तहको नीति निर्माणमा जनप्रतिनिधिहरुले के कस्ता भूमिका निर्वाह गर्न सक्दछन भनेर संक्षेपमा चर्चा गरिएको छ ।

स्थानीय तहको नीति निर्माणमा जनप्रतिनिधिको भूमिका

  • अनुसन्धानकर्ता

स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिको नीति निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका भनेको अनुसन्धानको रहेको हुन्छ ।आफ्नो तहमा रहेका विविध पक्षको अनुसन्धान गरेर तथ्यांक संकलन गरि सो अनुरुपको नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने हुदा अनुसन्धान बिनाको तथ्यांक मिथ्यांकमा परिणत हुने हुदा जनप्रतिनिधिहरुले अनुसन्धान र अध्ययन लाई जोड दिनुपर्ने देखिन्छ ।जनता र श्रोत संग सिधै पहुच राख्ने हुदा जनप्रतिनिधिहरुलाई अनुसन्धानमा सजिलो हुनुका साथै यो प्रभावकारी पनि हुन्छ ।त्यसैले प्रत्येक स्थानीय तहले आफ्ना जनप्रतिनिधिलाई अनुसन्धान कर्ताको रुपमा प्रयोग गर्न सक्दछ र गनु पर्दछ ।

  • सहजकर्ता

स्थानीय तहले बनाउने नीति ,नियमावली र कार्यक्रम को वारेमा आम जनतामा जाकारी दिने पुल वा सहजकर्ताको रुपमा जनप्रतिनिधिको भूमिका निकै महत्वपर्ण रहेको हुन्छ ।तयस्तै नीति निर्माणको समयमा सरोकारवाला पक्ष र स्थानीय तह विचमा रहेर दुवै तर्फका जानकारी ,अभिलेख र सुचनाहरुको साट फेर गर्दै प्रभावकारी नीति निर्माण गर्ने काममा जनप्रतिनिधिको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

त्यस्तै स्थानीय तहले गर्ने कार्यक्रम र सेवा प्रवाहको अवस्था र प्रभावकारिताका वारेमा पनि जनप्रतिनिधिले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्दछन ।जनता संग प्रत्यक्ष रुपमा जोडिने हुदा जनप्रतिनिधिले नीति निर्माणमा जनताको माग र आवस्यकता लाई समेटेर नीति निर्माण गर्न सहज कर्ताको भूमिका निर्वाह गर्न सक्नेछन ।

  • उत्प्रेरक

स्थानीय तहको नीति निर्माणमा जनप्रतिनिधिले उत्प्रेरकको भूमिका निर्वाह गर्नु पर्दछ ।जनताले कतिपय समस्या हरु लुकाएर राख्ने जोखिम हुन्छ जसले गर्दा पछी स्थानीय तहले प्रवाह गर्ने सेवामा असर पर्दछ ।त्यस्तै त्यस्ता समस्याहरुलाई व्यक्त गर्दै नीति मार्फत सम्बोधन गर्नका लागि जनतालाई उत्प्रेरणा दिने कार्यमा जनप्रतिनिधिको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ भने सेवा प्रवाह गर्ने संयन्त्र र विधि निर्माण गर्नका लागि कर्मचारी र स्थानीय तहका विविध पक्षहरु जस्तै संघ संस्था ,महिला समुह , गैर सरकारी संस्था ,शैक्षिक संस्थालाई सहभागिताका लागि उत्प्रेरित गर्नका लागि जनप्रतिनिधिको ठुलो भूमिका रहेको हुन्छ ।

  • संचार कर्ता

स्थानीय तहको नीति निर्माण गर्दा जनप्रतिनिधिले खेल्नु पर्ने अर्को महत्वपूर्ण भूमिका भनेको संचार कर्ताको हो ।स्थानीय तहका योजना र सोचलाई आम जनतामा लगेर उनीहरुको राय संकलन गर्दै सबैको अपनत्व हुने र स्थानीय तहको समग्र विकास गर्ने किसिमको नीति बनाउनका लागि जनप्रतिनिधिले ति योजना तथा कार्यक्रम जुन नीतिमा समेटिने छन तिनलाई जनता र सरोकारवाला संग पुर्याउने काम गर्नु पर्दछ ।यसमा स्थानीय तहका दूतका रुपमा रहेका जनप्रतिनिधिहरु सबै भन्दा भर पर्दा र प्रभावकारी संचार संयन्त्रका रुपमा रहेका हुन्छन ।उनीहरुले  हरेक जनताको घर घरमा पुग्न सक्ने हुदा आम स्तरका आवस्यकता र सामर्थ्य पहिचान गर्दै स्थानीय तह सम्म संचार गर्न सक्ने हुदा नीति निर्माणमा संचार कर्ताको रुपमा जनप्रतिनिधिलाई प्रयोग गर्नु पर्ने देखिन्छ ।

  • व्यवस्थापक

स्थानीय तहको नीति निर्माण कुनै निवन्ध लेखेको जस्तो हैन यसमा चरण वद्ध छलफल ,अन्तरक्रिया ,बहस र अध्ययन चाहिने हुदा त्यसको वडा वडामा व्यवस्थापन र संचालन गर्नका लागि जनप्रतिनिधिको निकै महत्वपूर्ण र सक्रिय भूमिका रहेको हुन्छ ।आम छलफल ,व्यक्तिगत छलफल र अन्तरक्रिया जस्ता कार्यक्रमको आयोजना र व्यवस्थापनमा जन प्रतिनिधिको प्रयोग गर्न सकिन्छ ।

यी माथि उल्लेखित ५ वटा भूमिका संगै अन्य भूमिकाहरू पनि जान प्रतिन्धिका रहेका छन जसले गर्दा स्थानीय तहको नीति निर्माण र कार्य सम्पादनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।अन्य भूमिका र जन प्रतिनिधिको दायित्वका वारेमा क्रमस सामग्री प्रस्तुत गर्दै लगिनेछ ।

सम्पर्क :[email protected],9851185570

 

 

तपाइँको प्रतिक्रिया ।