फागुन ३ गते ११ बजे काठमाडौ महानगरपालिका वडा नं ६ मा कपन अनलाईन पुग्दा

फागुन ३ गते ११ बजे काठमाडौ महानगरपालिका वडा नं ६ मा कपन अनलाईन पुग्दा

कपन अनलाइन

काठमाडौँ, फागुन ४।

करिब बिहानको ११ बजे कपन अनलाइनको टिम काठमाडौँ महानगरपालिका  वडा नं ६ बौद्ध पिपलबोटमा रहेको वडा कार्यलयमा पुग्दा सेवाग्राहीहरु सेवा लिंदै गरेको अवस्थामा भेटिएको थियो। हामी वडा अध्यक्षको कार्यलयमा पुग्दा उनि सिसिटिभी बाट वडा कार्यलयको गतिबिधि हेर्दै वडा सचिब लाइ कामको बारेमा सल्लाह गर्दै सेवाग्रहिको कामलाई सहजीकरण गरिरहेका थिए ।

काठमाडौँ महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष  दिपेन्द्र लामाले वडामा जनप्रतिनिधि आइसकेपछी सेवा प्रवाहमा सहज भएको बताए  । उनले सेवा प्रवाहमा पनि छिटो छरितो र झन्झट रहित रुपमा सेवा प्रवाह भइरहेको बताए। उनले कार्यलयको हरेक कामको निगरानी गर्दै जनताको काम सेवा सुबिधाको लागि आफु  बिहान ८ बजे देखिनैकार्यलय आउने जानकारी दिए उनले ३२ वटा वडा मध्ये आफ्नो एउटै मात्र वडा भएको जहा ८ बजे देखि आएर काम गर्ने गरेको बताए। जनताको सेवाको लागि नै वडा कार्यलय खोलिएको भएर जनताको काममा सहयोग गरिरहेको बताए ।

उनले लामो समय जनप्रतिनिधि बिहिन भएको अवस्थामा आफ्नै  घर आँगनको प्रतिनिधि पाएको भएर पनि अपनत्वको महसुस सेवाग्राहीले गरेको बताए। उनले बल्ल जनप्रतिनिधि आएको जस्तो अनुभब सेवा ग्राहिले गर्ने गरेको पनि बताए।  सेवा ग्राहिको धेरै अपेक्षा जनप्रतिनिधिहरु संग भएको र त्यी अपेक्षाहरुलाई सम्बोधन हुने किसिमले विकास निर्माणको काममा लागेको पनि बताए। उनले  सेवा ग्राही को महत्वाकांक्षा र राज्यको संरचना अनुसार त्यसलाई मिलाएर सहज ढंगले आगाडी प्रयत्नमा वडा लागेको बताए।

उनले आहिले पुरानै धडडा् बाट काम गरिरहेको प्रदेस को निर्वाचन सम्पन्न भैसकेको भन्दै अब हक अधिकार त्यहा बाट के कति आउछ सिंहदरबारको अधिकार स्थानीय सरकारलाइ जुन भनिएको छ त्यो प्रक्रियामा आइरहेको हुनाले सेवाग्राहीले त्यो अनुभव गर्न समय लाग्न सक्छ ।

हामीले वडा कार्यलयमा आएका सेवा ग्राहीलाई वडामा सेवा प्रवाह  कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ ।  सेवाग्राही निमा शेर्पा आफ्नो छोराको नागरिकताको लागि आएको बताउदै सेवा प्रवाह छिटो र सरल भएको बताइन

उनले आफूलाई चाहिने कागजात पुर्याएर आउदा एकदम छिटो छरितो सेवा प्राप्त हुने गरेको बताइन । उनले पहिला भन्दा जानाप्रतिनिधि आइसके पछि  अहिले सेवा प्रवाह राम्रो भएको बताइन उनले केहि समय अघि आफ्नो श्रीमानको मृत्यु  हुँदा मृतक संग को नाता प्रमाणित मृत्यु दर्ता  गर्ने काममा  पनि सहजता प्राप्त भएको बताइन ।

सोहि क्रममा हामीले वडाका सचिब पदम केशर अधिकारी संग पनि जनप्रतिनिधीहरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ   भनेर सोधेका थियौ ।जवाफमा उनले जनप्रतिनिधीहरु संग काम गर्दा सहज महसुस गरेको बताए।उनले जनप्रतिनिधि आउनु पुर्व र आएपछि काममा त्यस्तो धेरै फरक नभएको बताए ।उनले पहिलेको तुलनामा सहजता महसुस भएको बताए।

उनले पहिला झन्झटिलो प्रक्रिया रहेकोमा अहिले कर्मचारी र जनप्रतिनिधिले सहज ढंगले काम गरिरहेको बताए।  सिफारिसका काम स्थानीय ब्यक्तिलाइ चिन्ने नचिन्ने हुने गरेको थियो पहिला तर अहिले जनप्रतिनिधि हुँदा यहाहरुले चिनेजानेका हुन्छन  तथापि ठुलो जनसंख्या बसोबास गर्ने वडा भएकोले सबैलाई नचिने पनि धेरैलाई जनप्रतिनिधिले चिन्ने गरेको हुँदा कति पय सिफारिसको कामहरु हुने गरेका छन त्यस्ता कामहरुमा सहज भएको बताए ।

उनले जनप्रतिनिधि र कर्मचारीहरु नङ र मासु जस्तो भएर काम गरिरहेको बताए। उनले जवाफमा उनले जनप्रतिनिधि हुँदा र नहुदामा अन्तर भएको बताउदै पहिले सचिब एक्लैले सबैकुरा  हेर्नु पर्ने थियो तर  अहिले जनप्रतिनिधि आइसकेपछि जनप्रतिनिधिहरु बाट जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुमा उहाहरुले हेर्ने भएकोले  सहज भएको बताए  ।

तपाइँको प्रतिक्रिया ।