गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवामा १० दिने डल्ले साबुन बनाउने तालिम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवामा १० दिने डल्ले साबुन बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौ, फाल्गुन ३ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा सुन्ताखानको घट्ट बसपार्कमा जलदेबी महिला विकास समिति द्वारा महिलाहरुको आर्थिक स्थिति सुधार र आयआर्जन होस् भन्ने हेतुले १० दिने डल्ले साबुन बनाउने तालिमको समापन  भएको छ। माघ २३ गते देखि गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको उक्त तालिम समापन कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सन्तोष चालिसे रहेका थिए भने अन्य अतिथिहरुमा नेपाली काग्रेस गोकर्णेश्वर नगरपालिका क्षेत्रीय सदस्य मुरारी प्रसाद भण्डारी ,  समाज सेवी शशी तिमिल्सिना, प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सभाध्यक्षता जलदेबी महिला विकास समितिका अध्यक्ष तेन्जी माया तामांगले गरेकी थिइन् ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सन्तोष चालिसेले तालिममा सिकेको ज्ञान शिप ब्यबहारमा उतार्दै आय आर्जन गर्न प्रेरित गरेका थिए। उनले महिलाहरुको आर्थिक स्थिति सुधार गर्ने उदेश्यका साथ् उक्त तालिम सुरु गरिएको बताएका थिए उनले तालिम पश्चात पनि साबुन उत्पादन गरि बिक्रि वितरण गर्न अनुरोध गरेका थिए। उनले आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्दै जाने बताएका थिए।

सभाध्यक्ष को आसन बाट बोल्दै जलदेबी महिला विकास समितिका अध्यक्ष तेन्जी माया तामांगले तालिम बाट महिलाहरुले साबुन बनाउन मात्र नसिकी साबुनमा के के प्रयोग हुँदो रहेछ भन्ने पनि जानकारी हासिल गरेको बताएकी  थिइन्। उनले अब समूहगत रुपमा नै पैसा उठाएर तालिमबाट सिकेको ज्ञान शिपलाइ प्रयोग गरि डल्ले साबुन उत्पादन गरि सो कामलाइ निरन्तरता दिने बताएकी थिइन।  उनले उत्पादन पश्चात बजारीकरण मा सहयोग गरिदिन समेत अनुरोध गर्दै पहिलेको जस्तो तालिम तालिममा मात्र सिमित नहुने बिश्वास ब्यक्त गरेका थिए ।

उनले सबै काममा साबुन को प्रयोग हुने हुँदा हाल ३१ जनाले तालिम लिए पनि आगामी दिनमा आफुहरुले नै अन्यलाई तालिम समेत प्रदान गर्ने सोच रहेको समेत बताएकी थिइन्    तारा श्रेष्ठ ले प्रशिक्षण गरेको उक्त तालिममा ३१ जना महिला सहभागी भएका थिए।सो समापन कार्यक्रममा सहभागी महिला हरुले तालिमको दौरानमा आफुले सिकेको अनुभब ब्यक्त गरेका थिए।

उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।