श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगालको ५५औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न

श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगालको ५५औं बार्षिकोत्सब कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ, फाल्गुन २ ।

श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगालले आज आफ्नो स्थापनाको ५५औं बार्षिकोत्सब एक कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार एवं विभिन्न परिक्षामा उच्च अकं ल्याउने विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको  थियो।

कार्यक्रमको आकर्षण कक्षा ६ मा अध्यनरत शुशिला सुनाम र रिता वि.क रहे जसले खाजाको लागि अभिभावक बाट प्राप्त रकम आफु भन्दा सानो कक्षाको विद्यार्थीलाई दिएर सहयोग गरेकोमा दुई विद्यार्थीलाई पनि पुरस्कृत गरियो।

कार्यक्रममा अक्षयकोष राखेर छात्रवृति प्रदान गर्नु हुने पुण्यटिका छात्रवृति कोष र मन्दिर जयन्ती लम्साल छात्रवृति कोष बाट उत्कृष्ट विद्यार्थीलाई उच्चशिक्षाका लागि छात्रवृति प्रदान गरिएको थियो ।

पुण्यटिका छात्रवृति कोष, प्रधानअध्यापक नारायण प्रसाद नेपालले आफ्नो माता पिता र मन्दिर जयन्ती छात्रवृति कोष शिक्षा सेवी, चामुण्डा माध्यमिक विद्यालय जोरपाटीकी पुर्व प्रधानअध्यापक जयन्ती लम्सालले आफ्नो श्रीमानको स्मृतीमा स्थापना गरेका हुन ।

विद्यालयमा २० बर्ष सेवा गरे बापत पुष्कर न्यौपाने, अंगुर यादव एवं मकुन्द प्रसाद काफ्ले, शान्ति अधिकारी र विष्णु कुमारी भुजेल वर्षको उत्कृष्ट शिक्षक पुरस्कार बाट पुरस्कृत भए ।

कार्यक्रममा स्वागत मन्तव्तका साथ प्रगति विवरण प्र.अ नारायण प्रसाद नेपालले प्रस्तुत गरेका थिए भने सभापतित्व काठमाडौं जिल्ला बार एशोसिएसनका एवं विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण थपलियाले गरेका थिए । कार्यक्रम कामपा ७ वडासमितिका  अध्यक्ष शुद्ध कुमार डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अभिभावक,शिक्षक शिक्षिका लगाएत स्थानीय र संचालक समितिका सदस्सहरुको उपस्थिति रहेको थियो ।

हाल ७१५ विद्यार्थी अध्यनरत यो विद्यालय सरकारी मध्ये कामपा ७ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । विद्यालयमा राम्रो साईन्स र कम्प्युटर ल्वावका साथै सि.सि क्यामरा मार्फत विद्यार्थीको निगरानी गरी थप अनुशाशित बनाउन सहयोग पुगेको कुरा प्र.अ नेपाल बताए ।

तपाइँको प्रतिक्रिया ।