विश्व क्रिकेट लिग डिभिजन टू को खेलमा क्यानडालाई एक विकेटले पराजित गर्दै नेपाल बिजयी

विश्व क्रिकेट लिग डिभिजन टू को खेलमा क्यानडालाई एक विकेटले पराजित गर्दै नेपाल बिजयी

कपन अनलाइन

काठमाडौ, फाल्गुन २ ।

क्यानडालाई एक विकेटले पराजित गर्दै  नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा नायक करण केसी बने उनले ३१ बलमा ३ चौका र चार छक्क को मदतमा नटआउट ४२ रन को पारी खेले ।

करणले सन्दिप लामिछानेसँग आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाएका हुन । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए भने लगातार चार बल उनले रन जोड्न सकेनन् । पाँचौं बल छक्का हान्दै जितको आश जगाए तर अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अन्तिम बलमा मात्र एन रन चाहिएको थियो करणले सहजै पुरा गरे र नेपालाई विश्वकप छनोटमा पुर्‍याए।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियो । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भएका छन् ।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई दिलिप नाथले केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौका सहित ४१ रन बनाए । उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भएका छन् । उनी साद बिन जाफरको बलमा एन आर किर्तनको हातबाट क्याचआउट भए ।

४१ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाउँदै १४२ रन बनाएको छ । दिपेन्द्रसिंह ऐरी नेपालको पाँचौ विकेटका रुपमा ३८ बलमा एक चौकासहित १८ रन बनाएर आउट भएका छन् । उनलाई साद बिन जाफरले आउट गरे ।१२ बलमा ७ रन बनाएका सोमपाल कामी सातौँ विकेटका रुपमा आउट भएका हुन् । छैटौँ विकेटका रुपमा नेपालले रोहित पौडेललाई गुमाएको थियो । ४२ बलमा २ चौकासहित २७ रन बनाएका रोहितलाई ढिन्ड्साको बलमा धालिवालले क्याचआउट गरे ।

नेपालका बसन्त रेग्मी ० रनमा र आरिफ सेख २६ रनमा आउट भएका थिए। ३१ बलको सामना गरेका करण केसीले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाएका भने १८ बलमा ५ रन बनाएका सन्दिप लामीछानेको रन संगै नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १९५ रन बनाउदै नेपाल बिजयी बनेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।

श्रीमान्थले पारी सम्हालदै चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे । उनी १०३ रनमा नटआउट रहे ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने  घुँडाका चोटका कारण ९ ओभर मात्र बलिङ गरेका सन्दिप लामिछानले २ विकेट लिए ।
शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।