आत्मा र परमात्मा जोड्नु नै योग हो :कमला पाण्डे सिवाकोटी(अध्यक्ष ,सिद्देश्वर योग साधना केन्द्र )

आत्मा र परमात्मा जोड्नु नै योग हो :कमला पाण्डे सिवाकोटी(अध्यक्ष ,सिद्देश्वर योग साधना केन्द्र )

कपन अनलाइन

काठमाडौं,फागुन २  ।

सिद्देश्वर योग तथा साधना केन्द्रकी अध्यक्ष श्रीमती कमला पाण्डे सिवाकोटी संग कपन अनलाइनको विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ।

कपन अनलाइन: तपाइको पारिबारिक पृष्ठभुमि बताइदिनुहोस् न ?

कमला पाण्डे सिवाकोटी : मेरो जन्मस्थल झापा जिल्ला साबिक लखनपुर ८मा भएको थियो। मेरो पिता \को नाम लक्ष्मी प्रसाद पाण्डे र माता देव माया पाण्डेको कान्छी सन्तानको रुपमा जन्मिएको हु मेरो प्रारम्भिक शिक्षा  त्यही झापा जिल्लाको बाह्र घरे बिद्यालय बाट भयो। त्यसपछि सरस्वती माविमा पनि पढे । त्यहा रहदै बस्दै मेरो सानै उमेरमा बिवाह भयो। मेरो बिवाह काठमाडौंको गुह्हेश्वरी मन्दिरबाट भएको थियो ।त्यसपछि म अनामनगरमा बस्न थाले।

कपन अनलाइन: योग भनेको के हो ?

कमला पाण्डे सिवाकोटी : योग भनेको जोड्ने काम हो योगले जोड्ने काम गर्छ आत्मा र परमात्मा जोड्नु नै योग हो। अरु व्यक्तिलाई सहभागी गराएर चुस्त स्वस्थ बनाएर लानुलाई पनि योग हो। योग भनेको हरेक कोणबाट योग चित्त निरोधर भन्छन् योग चित्तको ब्रित्तिलाई रोक्ने  चित्त गलत बाटोमा जान खोज्छ भने त्यसलाई नियन्त्रण गर्नु पनि योग हो । योग आफैंमा एउटा धर्म हो योगको उत्पत्ति शिवतत्वबाट भएको हो भन्ने मान्यता छ । योग छ वटा आस्तिक दर्शन मध्येको एक हो। यस दर्शनका प्रणेता पतञ्जली हुन। पतञ्जलीले योग सूत्रको आविष्कार गरेका हुन्।

कपन अनलाइन : योगमा कसरी लाग्नु भयो ?

कमला पाण्डे सिवाकोटी: अनामनगरमा बस्दै गर्दा दिन बिताउदै गर्दा टिभी सिरियल हेर्थ्ये। त्यहा अरुले  प्रगति गरेको देख्दा म पनि जीवनमा केहि गर्नु पर्छ भन्ने सोच आउथ्यो। संसारमा मानिस भएर जन्मिए पछि केहि नगरी बस्दा धिक्कार जस्तो लाग्थ्यो।

त्यसले मनमा घच्घच्याउने गर्थ्यो।  म घट्टेकुलोमा हुँदा खेरि लेखकको घरमा बस्थे। त्यति खेर बाबु जन्मिएको थियो त्यति खेर मेरो तौल ९० किलोको थियो मलाई त्यति खेर काम गर्न एकदम गार्हो हुन्थ्यो ।त्यतिबेला शारीरिक व्यायाम गर्न थाले । खानपान सबैमा कन्ट्रोल गर्दै गए २६ दिन सम्म मैले एक छाक खाना खाएको थिए ।

विस्तारै योग गर्नु पर्छ त्यसले मोटाइ कम गर्न र स्वस्थ रहन सहयोग पुर्याउछ भन्ने लाग्यो ।बिस्तारै त्यसतर्फ आकर्षित भए  ।सामाजिक काम गर्न धेरै रुची थियो कपन मिलन चोकमा आए पछि  योगको तालिम लिए।  एक्लै गर्दा भन्दा पनि समूहमा योग गराउनु पर्छ भन्ने सोचका साथ् शिव मन्दिरमा सिविर संचालन गरे ।

कपन अनलाइन : योग को बारेमा बुझाउन कतिको संघर्ष गर्नु पर्यो ?

कमला पाण्डे सिवाकोटी : त्यति बेला एकदमै संघर्ष गर्नु पर्यो।त्यति बेला सबै दिदीबहिनीको घर घरमा पसेको थिए एक चोटी होइन दुइचोटी होइन धेरै पटक धाएर दिदीबहिनी जम्मा गरे भेला गरे पछि पनि चार पांच दिन त आउनु भयो त्यसपछि कोइ पनि हुनुहुन्न उहाहरुलाई पनि गार्हो भयो। अनि एकजना मात्र हुँदा खेरि पनि मैले योग संचालन गरे।

कति दिन त कोइ पनि भएन आज आउनु हुन्न  भोलि आउनु हुन्न भन्दा भन्दै फेरी म घर घरमा पस्न थाले। त्यसरी संघर्ष गर्दै सिविर संचालन गरे , गराउदै गए ।सबै जना बिस्तारै आउन थाल्नु भयो।

कपन अनलाइन : सिद्देश्वर योग साधना केन्द्र कसरी स्थापना भयो ?

कमला पाण्डे सिवाकोटी : योग सिविरमा मानिसहरु आउन थालेपछि पछि यसरी भएन संस्थागत रुपमा जानु पर्यो भनेर यसलाई चलाउनु पर्यो भन्ने खालको विचार आयो अनि त्यहि बस्दा बस्दै टिका प्रसाद खतिवडा योग गुरु हुनुहुन्छ आयुर्वेदिक र भानु भक्त दाहाल , प्राकृतिक चिकित्सक डा.हरि प्रसाद पोख्रेल हुनुहुन्छ उहाहरुले संस्था दर्ता गर,शिव  मन्दिरको नाम लिएर गर  तिमीहरु राम्रो ठाउमा छौ।

अगाडी बढ! भनेर हौसला दिनुभयो हामीले संस्था दर्ता गर्यौ । टिकाप्रसाद खतिवडा र भानु गुरुले तालिम दिनुभयो।  त्यसपछि  हामी अघि बढ्यौ सिद्देश्वर योग साधना केन्द्रले योग मात्र नभई विभिन्न सामाजिक कार्यक्रम पनि गर्दै आइरहेको छ , स्वास्थ्य सिबिर, रक्त दान, शिक्षक तालिम लगायत धेरै जेष्ठनागरिकहरुलाई भोजन गराउने देखि लिएर धेरै सामाजिक कार्य गर्दै आएको छ ।

कपन अनलाईन: यहाँ सम्म आइपुग्न कसलाइ आफ्नो प्रेरणा को स्रोत मान्नु हुन्छ ?

कमला पाण्डे सिवाकोटी : यहा सम्म आइपुग्न मलाई हर बखत सहयोग हौसला दिने सिकाउने  मेरो श्रीमान नै हो। उहा सिद्देश्वर योग साधना कन्द्रको संरक्षक पनि हुनुहुन्छ । सुरुको दिनमा म अध्यक्ष मात्रै थिए ।

मलाई सामाजिक अभियानमा होम्मिएर काम गर्न सक्दिन थिए । घर परिवार मेरो सन्तानले पनि ठुलो सहयोग गरेका छन  काम गर्न धेरै आइडिया थिएन श्याम भाइको साथ् र कार्यसमितिको  सहयोग ले नै संस्था  अघि बढेको छ सिद्देश्वर योग साधना केन्द्र निशुल्क सिविर हो ।कोहि संग पनि सो इच्छाले सहयोग स्वरुप कार्यक्रम गर्नलाई मासिक रुपमा सय रुपैया उठाएर कार्यक्रम गर्ने गरेको छ।

कपन अनलाइन : शिद्देश्वर योग साधना केन्द्रको आगामी योजना के रहेको छ ?

कमला पाण्डे शिवाकोटी : शिद्देश्वर योग साधना केन्द्रको आगामी योजना अन्तर्गत ठुलो आशा राखिसकेपछि त्यो ठाउमा पुग्न सकिन्छ भनेर योग शिविरलाइ कपनमा मात्रै सिमित नराखी नेपाल अधिराज्य भरि ,र बाहिर बिदेशमा पनि शिद्देश्वर योग साधना केन्द्र जानु पर्छ र यसले सामाजिक काम गर्नुपर्छ र सबैलाई स्वस्थ बनाउनु पर्छ ।’

योगको मार्फत अहिलेको बिकृति किशोर अवस्थाका  सोच लाइ कसरि ढाल्न सकिन्छ उहाहरु संग भिज्दै सोच संग भिज्दै कसरि परिबर्तन गर्न सकिन्छ भनेर अघि बढेको संस्था हो।  पहिले पनि हामीले योग सिविर लिएर पुर्व तिर गएका थियौ यसपटक पनि फाल्गुन को ६ गते फत्ते पुर् बाट सुरु गर्दै जाँदै छौ। सिविर संचालन गर्दै पूर्वको सबै ठाउँ हुँदै ओखलढुंगा सम्म पुग्ने योजना रहेको छ  ।

कपन अनलाइन : अन्त्यमा केहि भन्नु छ ?

कमला पाण्डे सिवाकोटी : योग गरौ स्वस्थ बनौ । योगको माध्यम बाट हामि स्वस्थ रहेर हाम्रा दुख गरेको सम्पत्ति छन् ।त्यसलाई सामाजिक काममा लगाउन सकियोस हामि बिरामी भएर अस्पतालमा धाएर त्यहा खर्च गर्न नपरोस हामि योग गरेर त्यो पैसा सामाजिक काममा लगाउदा खेरि आफ्नो पनि नाम रहने र समाजमा पनि कसैको उद्दार हुने  र केहि काम गर्न सकियोस ।

अन्त्यमा जसले योग बुझ्नु भएको छ उहाहरु पनि अल्छी नगरी सिविरमा आएर स्वस्थ रहनको लागि आउनुहोस घरमा गर्दा एक्लै हुनुहुन्छ आफु सिमित भईन्छ ।आफुलाई खुलाउन सकिदैन  तर सिविरमा  धेरैजना संग बसेर योग गर्दा एकले अर्कोलाई हेर्दै गर्दा प्रसन्नका साथ् योग गर्न सकिन्छ भने एउटा बन्द कोठा भित्र एक्लै योग गर्दा त्यति प्रसन्न हुन सक्नु हुन्न । योगको अन्त्यमा सिविरमा साथीभाई संग दुइचार कुरा आदानप्रदान गर्दा धेरै कुरा समाधान हुन सक्छ त्यसैले  आफ्नो स्वास्थ्यको लागि योग गरौ,  स्वस्थ बनौ भन्न चाहन्छु ।

 

तपाइँको प्रतिक्रिया ।