नवलपरासीमा बस दुर्घटना,एक जनाको मृत्यु, २४ जना घाइते

नवलपरासीमा बस दुर्घटना,एक जनाको मृत्यु, २४ जना घाइते

कपन अनलाइन

काठमाडौं, १ फागुन ।

नवलपरासीको मध्यविन्दु नगरपालिका-१५ गदारखोला स्थित पुर्व-पश्चिम सडकखण्डमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार बर्दघाट सुस्ता सरावल गाउपालिका-५ का २४ बर्षिय सुद्धु बेलदार रहेका छन् । दुर्घटनामा परी घाईते भएका उनको उपचारका क्रममा मध्य विन्दु अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका अन्य घाइतेहरुको सामुदायिक अस्पताल डण्डामा उपचार भैरहेको छ । आज दिउँसो ३ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ ख ४४ नम्बरको बस आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा संलग्न चालक सम्पर्कमा नरहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।