प्रधानमन्त्री देउवा र बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र बेलायतका सशस्त्र बलसम्बन्धी राज्यमन्त्रीबीच भेटवार्ता

कपन अनलाइन 

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका छन् । गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ नेपालको साताव्यापी भ्रमणमा रहेका ल्याङ्काष्टरले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।