वाटाे विस्तारमा भएको ढिलाई प्रति वाडभञ्ज्याङ्गवासी आक्रोसित

वाटाे विस्तारमा भएको ढिलाई प्रति वाडभञ्ज्याङ्गवासी आक्रोसित

कपन अनलाइन

काठमाडौ, माघ १५ ।

राजधानी भित्रने मुख्य नाका स्थानियका कारण केही वेर अवरूध हुने पुगेकाे छ । वाटाे विस्तार छिटाे हुनुपर्ने ,वाटाेमा पानी हाल्नु पर्ने माग राख्दै वाडभञ्ज्याङ्गका स्थानियहरूले सवारी साधन अवरूध गरेका हुन् ।

स्थानियहरूले विराेध प्रर्दशन गरेपछि केही वेर सवारी साधन वाटैमा राेकिन पुगेकाे छ । स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि थानकोट सडकखण्ड अवरुद्ध बनेका थए ।

नागढुंगास्थित बाडभञ्जयाङ सडकखण्ड स्थानीयले समयमै सडक निर्माण नभएको भन्दै बिहानैदेखि सडकमा गाडी गुड्न नदिएका एक स्थानियकाे भनाई रहेकाे छ ।जसका कारण थानकोट–नागढुंगा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेकाे महानगरिय प्रहरी वृत्तका प्रहरी निरिक्षक वावुराम पाेखरेलले वताए ।

नगरपालिकाकाे उपस्थितिमा स्थानीयसँग सहमति पछि सडक खुलेकाे प्रहरीले जनाएको छ।  उक्त सडक खुलाउन चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि समेत पुगेका थिए

फोटो सौजन्य : रोशन दानी

तपाइँको प्रतिक्रिया ।