कपनमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हुने

अशोकराज पाण्डे/ कपन नारायणचोकमा रहेको नारायण चोक युवा क्लबको आयोजनामा ‘‘पहिलो नारायण चोक युवा क्लब कप २०७०’’ सिक्स ए साईड फुटबल प्रतियोगिता यहि भाद्र २५ गते मङ्गलबारबाट कपन ह्याण्डबल चौरमा हुने भएको छ ।

कपन आसपासका बढिमा ३० टिम सहभागि रहने प्रतियोगिताको प्रथम र द्धितिय हुनेलाई क्रमशः रु.२५,०००/– र रु.१५,०००/–नगदका साथै आकर्षक ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिने आयोजक क्लबका अध्यक्ष शुसान्त तामाङ्गले कपन अनलाईन सँग बताए ।

असोज ४ गते समापन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।

कपनकै इतिहासमा ठूलो धनराशी रहेको प्रतियोगितामा सहभागी हुन फारम बुझाउने अन्तिम मिति भाद्र २० गतेसम्म र प्रवेश शुल्क रु.२५००/– तोकिएको क्लबले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।