फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरे
कपन अनलाइन
क्युवा ,माघ १९।
क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराले आत्महत्या गरेका छन्।
क्युबाका सरकारी सञ्चारमाध्यमले बिहीबार बिहान फिडेलका जेठा छोरा ६९ वर्षीय क्यास्ट्रो डाइज बलार्टले घरमै आत्महत्या गरेको पुष्टि गरेका छन्।
डिप्रेसन भएका उनको लामो समयदेखि चिकित्सकहरुले उपचार गरिरहेका थिए।
रुसमा आणविक भौतिकशास्त्र पढेका बलार्ट क्युबाको राष्ट्रिय आणविक कार्यक्रमको प्रमुख भएर काम गरेका थिए।
आफ्ना बुवाजस्तै देखिने भएकाले कतिपयले उनलाई कतिपयले लिटिल फिडेल पनि भन्ने गर्थे। उनका बुवाको २०१६ मा निधन भएको थियो।
तपाइँको प्रतिक्रिया ।