गिरिजाप्रसाद मेमोरियल कलेज चाबहिलको जनप्रतिनिधिहरुलाई सम्मान

गिरिजाप्रसाद मेमोरियल कलेज चाबहिलको जनप्रतिनिधिहरुलाई सम्मान

कपन अनलाइन

काठमाडौ,माघ १९ ।

कामपा ७ मा रहेको गिरिजाप्रसाद मेमोरियल कलेज चाबहिलले  प्रतिनिधि सभा तथा समानुपातिक सांसदलाइ सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार बिहान कलेज प्राङ्गणमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको  माननीय सहकारी तथा गरिबी निवारण मन्त्रिअम्बिका बस्नेत रहेकी थिइन बिशेष अतिथिको रुपमा नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापा रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा माननीय रक्षा मन्त्रि भीमसेन दास प्रधान ,समानुपातिक सांसद न्ह्युछे नारायण श्रेष्ठ ,कामपा कि उप प्रमुख हरिप्रभा खड्की ,गुठिसंस्थानका कार्यकारी प्रमुख नारायण चौधरी, ,कलेजका संस्थापक सदस्यहरु , आजीवन सदस्य ,प्राध्यापकहरु , समाजसेबी , अभिभावक, बिद्यार्थी  र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता संसथापक क्याम्पस प्रमुख खिलानाथ सापकोटा ले गरेका थिए ।कार्यक्रम संचालन संस्थापक बिमल हाडाले गरेका थिए ।राष्ट्रिय गान संगै सुरु भएको उक्त कार्यक्रममा स्व गिरिजाप्रसाद कोइराला को तस्बिरमा प्रमुख अतिथि तथा अन्य अतिथिहरुले माल्यार्पण गरेका थिए ।कार्यक्रममा नर्वदा पोख्रेलले स्वागत मन्तब्य राखेकी थिइन् ।

कार्यकर्मको औचित्य तथा कलेजको छोटो जानकारी क्याम्पस प्रमुख खिलानाथ सापकोटाले गरेका थिए ।उनले जी पी कोइराला कलेज नेपालकै पहिलो कलेज हुन सक्ने  जहा सबै कक्षा मा डिजिटल प्रबिधिबाट पढाई हुने ग्लोबल क्लास संचालन भएको जहाँ  प्रत्येक कक्षाला डिजिटलाइज गरेको पनि बताए। उनले ग्लोबल क्लासको कन्सेप्ट अनुसार सबै क्लास मा इन्टरनेटको सुबिधा भएको र कुनै पनि किताब किन्न नलगाई त्यहि इन्टरनेट को माध्यम बाट पढाई हुने समेत बताएका थिए।  उनले त्यहि कारणले जी पी कोइराला कलेज अरु भन्दा फरक भएको पनि बताएका थिए ।

उक्त कार्यक्रममा माननीय रक्षा मन्त्रि भीमसेनदासप्रधान ,  प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापा ,  माननीय न्ह्युछे नारायण श्रेष्ठ,कामपा उप प्रमुख हरिप्रभा खड्की , गुठिसंस्थानका कार्यकारी प्रमुख नारायण चौधरीलाइ बधाई एबम शुभकामना सहित  प्रमुख अतिथिले सम्मान गरेकी थिईन ।

कार्यक्रममा गुठिसंस्थानका कार्यकारी प्रमुख नारायण चौधरी कामपा उप प्रमुख हरिप्रभा खड्की, माननीय न्ह्युछे नारायण श्रेष्ठ,  माननीय रक्षा मन्त्रि भीमसेनदासप्रधान प्रमुख अतिथि माननीय सहकारी तथा गरिबी निवारण मन्त्रिअम्बिका बस्नेतले मन्तब्य राखेकी थिइन् ।

कार्यक्रममा बोल्दै माननीय प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले गिरिजाप्रसाद मेमोरियल कलेजको सफलताको सुभकामना सहित आयोजकलाइ धन्यवाद दिएका थिए उनले कलेजले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा कलेजको प्रसंशा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।