चौथो तारेभीर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ :हर्क बहादुर तामांङ

चौथो तारेभीर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ :हर्क बहादुर तामांङ

कपन अनलाइन

काठमाडौँ, पौष २८।

चौथो तारेभिर महोत्सव मूल आयोजक समितिका संयोजक  हर्क बहादुर तामांङ संग  तारेभिर महोत्सवको विषयमा केन्द्रित रहेर  कपन अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : तारेभिर महोत्सव  के उदेश्य राखेर आयोजना भएको हो ?

हर्क बहादुर तामांङ : काठमाडौँको बाट नजिकै रहेको तारेभिरलाई विकट गाउँको रुपमा लिइदै आएको छ । काठमाडौं नजिक रहेतापनि भौगोलिक हिसाबले विकट स्थानमा रहेको छ ।

यहाँ अधिकांस विपन्न तामाङ्ग समुदाय बसोबास गर्छन प्राकृतिक भूबनोटका आधारमा अवस्थित तथा धार्मिक विश्वास, पर्यटकीय रमणीयस्थल एवं भौगोलिक महत्वका रुपमा स्थापित तारेभिर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्न लागिएको हो।

तारेभीर क्षेत्रको आर्थिक ,सांस्कृतिक र भौतिक विकास गरि सो क्षेत्रलाई प्रवर्धन गर्ने हेतुले सुरु गरिएको सो महोत्सव संचालन पश्चात यस  क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको संख्यामा बृदी भैरहेको छ  ।

गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका  सहित शिवपुरी राष्ट्रिय निकुञ्ज समेत रहेको यो  क्षेत्र प्राकृतिक मनोरम सौन्दर्यका साथै काठमाडौंको दृश्यावलोकन गर्न पनि सकिने स्थानका रुपमा चिनिन्छ।

त्यहा रहेको धार्मिक स्थल भुमिथान महादेव , तारेभिर महादेव थान, नारायण थान मन्दिर दुप्चेश्वर, नागी गुम्बा ,बागद्वारलाई पनि महोत्सब को माध्यम बाट  धार्मिक पर्यटनको दृस्टीले प्रचार प्रसार गराउनु उदेश्य पनि रहेको छ ।त्यस्तै गरि स्थानीयस्तरमा उत्पादित बस्तुहरुको प्रचार गराइ यहाको संस्कृतिको संरक्षण गर्नु पनि महोत्सबको उदेश्य रहेको छ ।

कपन अनलाइन : यो महोत्सब कहिले देखि सुरु भयो र अहिले सम्म आइपुग्दा के कस्ता कठिनाइहरु देख्नु भयो ?

हर्क बहादुर तामांङ : आज भन्दा ४ वर्ष अघि माननीय सांसद रामेश्वर फुयालको योजना अनुसार सुरु गरिएको तारेभिर महोत्सवले   पहिलो तारेभिर महोत्सव देखि तेश्रो महोत्सव सम्म आइपुग्दा सोचे अनुरुपको सहयोग प्राप्त हुन सकेको थिएन।

विभिन्न कारणले  गर्दा पनि ब्यबस्थापनमा थुप्रै कमि कमजोरी हुन पुग्यो । पछिल्ला वर्षहरुमा महोत्सव मनाउने क्रम बढदै जाँदा उनिहरुले यो महोत्सव हाम्रो आफ्नो ठाउँको विकासको अभिन्न अंगको रुपमा बुझ्दै गएका छन् । अहिले आएर उनीहरुमा चेतनाको स्तर बढेको छ भने स्थानीय समुदाय महोत्सव प्रति बढी आकर्षित भएका छन्  ।

महोत्सव भब्य रुपले सफल पार्नको लागि स्थानिय स्तर वाटै जिम्मा लिने, स्थानिय उत्पादनको पहिचानको लागि ब्यापारिक स्टल राख्ने ,स्थानिय संस्कृती झल्कने खालका कार्यक्रमहरु प्रस्तुत गर्ने महोत्सवको ब्यापक रुपमा प्रचार प्रसार गर्ने सम्पुर्ण जिम्मा स्थानीयले नै लिएका छन् । यसमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।

कपन अनलाइन : बिगतको वर्ष हरुमा भन्दा यो बर्ष तारेभिर महोत्सबमा के फरक देख्न सकिनेछ ?

हर्क बहादुर तामांङ : बिगतको वर्ष हरुमा भन्दा यसपटक स्थानीयहरुमा सक्रियता देखिएको छ। बिगतमा १ दिन मात्र हुने महोत्सब यसपटक दुइ दिन राखिएको छ ।

स्थानीय समुदाय महोत्सव प्रति बढी सक्रिय भई महोत्सव भब्य रुपले सफल पार्नको लागि स्थानिय स्तर वाटै जिम्मा लिएका छन। स्थानिय उत्पादनको पहिचानको लागि ब्यापारिक स्टल राख्ने ,स्थानिय संस्कृती झल्कने खालका कार्यक्रमहरु प्रस्तुत गर्ने महोत्सवको ब्यापक रुपमा प्रचार प्रसार गर्ने सम्पुर्ण जिम्मा लिएका छन् ।

महिला देखि बृद्द सम्मको सक्रियता बढेको छ  यस पटकको चौथो तारेभिर महोत्सवमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) को प्रमुख आतिथ्यमा हुने भएको  छ।  हामीले बस्नको लागि  केहि घरलाई बस्नको लागि होम स्टे पनि संचालन गरेका छौ त्यो पर्याप्त नभए पनि पछी  बिस्तारै बढाउने योजना समेत रहेको छ।

महोत्सवमा तामाङ्ग समुदायको झाँकी नाच, तामाङ्ग समुदायको पुरातत्वीक सामाग्री नेवारी समुदायको झाँकी, सांस्कृतिक कार्यक्रम, स्थानीय भेषभुषा, मौलिक बाजा  र उत्पादनको प्रदर्शनी, स्थानीय खानाको परिकार र घ्यूचाकु समेत खाने कार्यक्रम रहेको छ ।

कपन अनलाइन : चौथो तारेभिर महोत्सबको तयारी कसरि अघि बढिरहेको छ ?

हर्क बहादुर तामांङ : यो चौथो तारेभिर महोत्सबको तयारी एकदम तिब्र गतिमा अघि बढिरहेको छ ।अब तारेभिर महोत्सब सुरु हुन केहि दिन मात्र बाँकी रहेको अवस्थामा हामीले तयारीलाई तिब्र बनाएका छौ।

हामीले अहिले व्यापक प्रचार प्रसार  गर्नु को साथै महोत्सब हुने स्थानको ठाउ सम्याउने देखि  लिएर  भौगोलिक जटिलताले गर्दा अस्ति मात्र डोजर लगेर बाटो सम्याउने काम गरियो ।

त्यस्तै गरि  पहिलो तारेभिर महिला समुहको अगुवाइमा उनीहरुको उपस्थितिमा पहिलो पटक त्यो समुहले  सरसफाई गरेको  छ भने  प्रचार प्रसारको कामहरु भएका छन  ।

दुवै नगरपालिका गोकर्णेश्वर र बुढानिलकण्ठ  नगरपालिका संग समन्वय गर्दै अगी बढेका छौ । ठाउ ठाउमा स्वागत प्रवेश द्वार निर्माण गर्ने काम तिब्र गतिमा अघि बढिरहेको छ शिर्ष नेताहरुलाई जानकारी गराउनुको साथै प्रमुख अतिथि देखि  लिएर अतिथिहरुलाई निमन्त्रणा गर्ने कामहरु भइरहेको छ  ।

हामी  विभिन्न संघ सस्थाहरु संग समंवय गर्दै अघि बढिरहेका छौ। स्थानिय युवा, महिला, देखि वृद्धासम्म माघ १ र माघ २ गरी दुई दिनसम्म चल्ने महोत्सवलाई भव्य र सभ्य बनाउन अहोरात्र जुटेका छन, यस बाट हामी पनि उत्साहित भएका छौ।

कपन अनलाइन : तारेभिर महोत्सबमा आउन चाहनेलाइ कसरी तारेभिर पुग्न सकिन्छ बताईदिनुहोस न ?

हर्क बहादुर तामांङ:   तारेभिर आफैमा भोगोलिक जटिलता भएको ठाउ हो। सडक संजाल संग  २०७१ सालमा मात्र जोडियो बाटो अफ्ट्यारो नै भए पनि हामीले सहज बनाउने कोसिस गरेका छौ ।

त्यो दिनलाई बस सेवा पनि संचालन हुने कुरा रहेको छ ।बुढानिलकण्ठ नगरपालिकाको नारायण थानदेउवा चोक बाट तारेभिर आउन सकिन्छ। त्यस्तै गरि  गोकर्णको हनुमानचोक  हुँदै महांकाल  घट्ट चौर नभई बाया पुर्बी बाट  हुँदै माथि जान सकिन्छ भने जगडोल बाट सल्ला घारीको जंगल हुँदै पदयात्रा गर्दै पनि आउन सकिन्छ।

कपन अनलाइन : तारेभिर महोत्सवमा यसपालि कति पर्यटकहरु भित्र्याउने योजना गर्नु भएको छ ?

हर्क बहादुर तामांङ: यस पटक  हामीले धेरैनै पर्यटक भित्र्याउने लक्ष्य सहित तयारी गरिरहेका छौ। महोत्सब दुइ दिन चल्ने भएको ले पनि एस पटक पहिले भन्दा धेरै सहभागिता हुने अनुमान गरेका छौ। तारेभिर महोत्सवमा करिव ६० देखि  १ लाखको हाराहरी आन्तरीक तथा वाहय पर्यटक भित्र्याउने योजना रहेको छ।

कपन अनलाइन : तारेभिर महोत्सव गर्नका लागी आर्थिक स्रोत कहाँबाट  जुटीरहेको छ ?

हर्क बहादुर तामांङ : कुनै पनि कार्यक्रम गर्नलाई ठुलो भूमिका आर्थिक कुराको नै हुने गर्छ। तारेभिर महोत्सव सञ्चालन गर्नका लागी गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, विभिन्न संघ संस्थाहरु, वडा अध्यक्ष , स्थानीय वुद्धिजीवि सहयोगी दाताहरुले सहयोग गरि राख्नु भएको छ। त्यो क्रम जारि रहेको छ ।

यसपटक  चौथो तारेभिर महोत्सब सदियौं देखि प्राकृतिक भूबनोटका आधारमा अवस्थित तथा धार्मिक ,पर्यटकीय रमणीय स्थल एवं भौगोलिक महत्वका रुपमा स्थापित तारेभिर  महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको लागि  हार्दिक अनुरोध गर्न चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।