काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने १७ जना पक्राउ गर्यो
कपन अनलाइन
काठमाडौ,पौष २८।
महानगरको रात्रीकालीन अनुगमनका ६ दिनमा १७ व्यक्ति पक्राउ परेका छन् । रातको समयमा सहरका सार्वजनिक स्थलमा फोहोर फाल्ने व्यक्तिमाथि निगरानी गर्ने क्रममा यी व्यक्तिहरु पक्राउ परेका हुन् ।
महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार पुतलीसडक, टेकु, भोटेबहाल, त्रिपुरेश्वरलगायतका क्षेत्रबाट पक्राउ परेका दोषीलाई जरिवाना गर्दा ४१ हजार ५ सय रुपैयाँ राजस्व प्राप्त भएको छ ।
समाचार साभार :काठमाडौं अनलाइन
तपाइँको प्रतिक्रिया ।