ग्राहकहरुको मन जित्दै शिखर शुजको ‘विन्टर सेल मेला’

ग्राहकहरुको मन जित्दै शिखर शुजको ‘विन्टर सेल मेला’

कपन अनलाइन

काठमाडौ,पौष २८ ।

नेपालको नं.१ फुटवयर ब्रान्ड शिखर शुजले विन्टर सेल मेला यहि पौष २२ देखी काठमाडौंको भृकुटी मण्डपमा संचालन गरिरहेको छ।

बेला बेलामा आफ्ना ग्राहकहरु लक्षित गरी  बिभिन्न प्रकारको अभियान ल्याईरहेको शिखर शुजले यस विन्टर सेल मेलामा शिखर शुजका जुत्ता तथा चप्पलहरु खरिद गर्दा  १० प्रतिशत देखी ७० प्रतिशत सम्मको छुटका साथ र रु.पाँच सयमा कपडाको न्यानो टम्स सुज ५ सय रुपैयाँमा दुई जोर बिक्री गरिरहेको कम्पनीले जनाएको छ।

मेलामा बढीमा १ वर्ष पुराना जुत्ता, चप्पल मात्रै राखिएको छ। शिखरले यो वर्ष तेस्रो पटक सेल मेला लगाएर‘स्टक क्लियरेन्स’गर्न खोजिएको हो । मेलामा ४ सयदेखि ५ सय रुपैया सम्म प्रतिजोरमा बिक्री गर्ने लेडिज चप्पल मेलामा ४ सय रुपैयाँमा दुई जोर बिक्री भइरहेको छ । जुन ३०–४० वटा मोडलमा रहेका छन् भने महिला उपभोक्ताले छानेरै खरिद गर्न सक्नेछन् ।

१३ सय रुपैयाँ सम्म बजार मूल्य पर्ने बच्चाका लागि छालाको स्कूल सुज मेलामा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री भइरहेको छ । यसमा ४–५ मोडलको छनोट सुविधा छ । युवाले लगाउने ३९–४३ साइजको कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँ र ३०–३८ साइजको ६ सय रुपैयाँमा दुई जोर बिक्री भइरहेको छ ।

बजार मूल्य ७ सय रुपैयाँ पर्ने पुरुषका लागि बनाइएको क्याजु अल सुज मेलामा प्रतिजोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा १५ सय देखी २५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको स्पोर्टस् जुत्ता मेलामा १ हजार रुपैयाँ प्रति जोर मूल्य तोकिएको छ ।त्यस्तै, २५ सयदेखि ३५ सय रुपैयाँ सम्म मूल्य पर्ने जुत्ता १५ सय रुपैयाँमा बिक्री गरिरहेको छ भने छालाको जुत्ता पनि १ हजार र १५ सय रुपैयाँ गरी दुई थरी मूल्यमा बिक्री भइरहेको छ । ‘बजारमा ४५ सय रुपैयाँ सम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमै दिएको कम्पनीले जनाएको छ‍।

हाम्रो परिवार,सिखर परिवार भन्ने नाराका साथ १० माघसम्म संचालन हुने मेलामा राम्रो गुणस्तरका करिब ६ सय डिजाइनका जुत्ता, चप्पल राखिएका छन् । जसकारण उपभोक्ताले खोजेको जस्तो डिजाइन पाउने कम्पनीको विश्वास छ ।

यस विन्टर सेल मेलामा बिदाका दिन बाहेकका अन्य दिनहरुमा पनि सोचे भन्दा बडी ग्राहकहरु आफना रोजेका जुत्ताहरु खरिद गर्न आइरहेको हुँदा दैनिक कति ग्राहकहरु आए भन्ने  रेकड राख्न्न समेत नसकिएको कम्पनीले जनाएको छ।

यस वर्षको सम्भबत अन्तिम विन्टर सेल मेला भएको हुँदा पनि ग्राहकहरुको चाप बढेको हुन सक्ने कम्पनी बुझाई छ ।

तपाइँको प्रतिक्रिया ।