खानेपानी समस्या समाधानका लागि पहल गर्दै बुनपा १ का अध्यक्ष सुरेन्द्र लामा

खानेपानी समस्या समाधानका लागि पहल गर्दै बुनपा १ का अध्यक्ष सुरेन्द्र लामा

कपन अनलाइन 

काठमाडौ,पौष २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा सहितको टोलीले वडामा रहेको खानेपानी समस्या समाधानका लागि पहल थालेका छन ।लामा नगरपालिकाका खानेपानी शाखाका ओभर सियर दिवाकर धिताल सहित स्थानीयहरुको टोलि लिएर पानीका मुहान र तिनीहरुको अवस्था निरीक्षण गर्न निस्किएका हुन्।

साविक ३ वटा वडाहरुमा रहेका खानेपानी उपभोक्ता समितिहरुलाई एकिकृत गर्दै तौलुंग एकिकृत खाने पानी योजना निर्माण गरि सहज खानेपानी सेवा उपलव्ध गराउने पहल स्वरूप अध्ययन थालिएको अध्यक्ष लामाले बताए।

वडामा रहेका खानेपानीका मुहानहरुको उचित प्रयोग गर्दा खानेपानीको समस्या समाधान गर्ने देखिएकोले त्यसको अध्ययन सुरु गरेको उनले बताए ।

तपाइँको प्रतिक्रिया ।