पराजयका कारणहरुको गम्भीर अध्ययन गरिरहेका छौ :विदुर विक्रम खड्का

पराजयका कारणहरुको गम्भीर अध्ययन गरिरहेका छौ :विदुर विक्रम खड्का

कपन अनलाइन

काठमाडौ,पौष २८  ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का संयोजक विदुर विक्रम खड्का संग निर्वाचन परिणाम र स्थानीय राजनीतिका विषयमा कपन अनलाइन का विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : निर्वाचन अभियानलाइ कसरी सम्झनु हुन्छ ?

बिदुर बिक्रम खड्का : यो निर्वाचनको दौरान अहिले जुन २०७४ सालको मंगसिर २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा दुइ वटा निर्वाचन फरक फरक हुनुपर्थ्यो।

एकै चोटी भयो यसले गर्दा निर्वाचन बास्तबमा स्वाभाविक नभई अस्वाभाविक भएको मैले महसुस गरेको छु।प्रदेश सभाको छुट्टै र प्रतिनिधि सभाको छुट्टै हुनुपर्थ्यो भने त्यो निर्वाचनको  परिणामहरु फरक आउथ्यो भन्ने मलाई लाग्छ।

अहिलेको निर्वाचनमा हामीले जुन ढंगले हामी लाग्नुपर्ने ठाउमा लाग्यौ तर हामी लागे अनुसारको परिणाम पाउन सकेनौ। एउटा प्रदेश हामीले जित्यौ तर हामीले दुइ वटै प्रदेश र प्रतिनिधि सभा जित्नु पर्ने लक्ष्य मेरो रहेको थियो।

यो लक्ष्यलाई मैले पुरा गर्न सकिन एउटा संयोजकको नाताले यसको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो ठम्याई हो। तर यो पुरा गर्ने सिलशिलामा हाम्रा जिम्मेवार मान्छेहरुको भूमिका पनि शंकास्पद रहेको मलाई महसुस भएको छ।

कपन अनलाइन : निर्वाचनको दौरानमा बाम गठबन्धन परिचालन कसरी ब्यबस्थापन गर्नु भएको थियो ?

बिदुर बिक्रम खड्का :  निर्वाचनको दौरानमा बाम गठबन्धन अहिले यहाँ प्रदेश सभाको हकमा भन्नु पर्दा निर्वाचन क्षेत्र नं ४ मा प्रदेश सभा ख को हिसाबमा मैले भन्दा पनि केन्द्रले हाम्रो बाम गठबन्धनले एउटा तयारी बनाएको थियो।

मैले बाम गठबन्धनलाई मात्र भर पर्नु हुन्न भन्ने ठम्याई थियो। त्यो शिलशिलामा मैले वडा कमिटीहरुका अध्यक्षहरुलाई बैठकमा राख्ने र जनाप्रतिनिधिहरुलाई चलाउने अनि मजदुरहरुको बिषयमा, भूमिहीन किसान सुकुम्बासीको बिषयमा, युवाहरुको सवाल लगायत सबै बिषयमा संगठनका फ्याकल्टीलाइ  मैले छुट्टै मोभिलाइज गरेको थिए।

यो सदस्य मध्येकै बाम गठबन्धन को पनि संयोजक भएको  नाताले र यहा दुइजना संयोजक  ठाकुर खकुरेल र अर्को म बिदुर बिक्रम खड्का यो कमिटि बनाउदैमा मैले अलिकति आपत्ति पनि जनाएको थिए।

यहाँ पनि २ जना संयोजक  राख्न मिल्छ भनेर धर्मदत्त देबकोटाले भन्नु भयो जो  मेरो निर्वाचन परिचानल कमिटि क्षेत्रिय कमान्डर  हुनुहुन्थ्यो। गठबन्धनको तर्फ बाट उहाले बोले पछि मैले बोल्ने ठाउ नै भएन।त्यसले गर्दा दुइजना हामि संयोजक हो।  जे होस् दुइ जना संयोजक भएको कारणले गर्दा बाम गठबन्धनले गति लियो भन्ने पक्षमा म छैन ।

कपन अनलाइन : यस क्षेत्रको निर्वाचन परिणाम प्रति तपाइको धारणा के छ ?

बिदुर बिक्रम खड्का : यस क्षेत्रको निर्वाचन परिणाम क्षेत्रकै निर्वाचन परिणाम हेर्दा बहुत दुख लागेको छ। हामीले जितेको चुनाब हारेका छौ ।

हामी प्रस्ट रुपमा त्यतिनै मत हामीले ल्याएका हौ। ल्याउने हाम्रो ठम्याई हो र जुन तीन हजार हाराहारी देखि २५ सय देखि ३ हजारको हाराहारीको  मतमा हामी बिजयी हुन्छौ भन्ने ठम्याई थियो।

अत हाम्रो ठाम्याई माथि तुसरापात भयो। त्यो हुनमा  यहाँ दुई तीन वटा कुरा रहेको छ ।

हाम्रो प्रतिपक्षको रोलमा ट्याकल गर्न नसक्नु ,अहिले बजारमा जुन  आर्थिक चलखेलको हल्ला छ त्यसलाई रोक्न नसक्नु र हाम्रो आन्तरिक व्यवस्थापनमा रहेको कठिनाइ हुन् भन्ने लाग्छ ।

अव हल्लाको पछी लाग्ने हो भने त्  मेरो पार्टी भित्र प्रदेश सभाकै हकमा चाहिने जुन ढंगले भोट माग्न पर्थ्यो। त्यो भोट नमागिएको भन्ने पनि सुन्नमा आएको छ। म अहिले यसको अध्ययनमा रहेको छु ।

अझ बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मत अन्तरमा बम विस्फोट काण्डले निकै असर गरेको मेरो बुझाई छ।

कपन अनलाइन : यस क्षेत्रमा लगातार ३ पटक कसरी नेपाली कांग्रेसले  जित्यो ?

बिदुर बिक्रम खड्का : लगातार ३ पटक नेपाली कांग्रेसले जित्नुको कारण पहिलो पटक २०६४ सालको चुनाबमा बिध्या देबी भण्डारीले सुप्रभा घिमिरे संग पराजय खेप्नु भयो।

बिध्यादेबी भण्डारी पहिला जितिरहेको ठाउ र जति खेर क्षेत्र निर्वाचन विभाजन गर्ने बेलामा पनि बामपन्थीहरुले त्यो गढले भत्काउदै काग्रेसको गढ भएको क्षेत्र यो क्षेत्रमा पारेको थियो ।

त्यो बेला हार्नु स्वभाबिक थियो। त्यसपछि हामीले अथक संघर्ष र संगठन बनाउने शिलशिलामा अगाडी  गएको थियौ।

२०७० सालमा गगन कुमार थापा जो मिडिया मार्फत अघि बढे र बिद्यार्थी फाँटमा पनि चर्चामा आइरहने मान्छे संग  निर्मल कुइँकेल  अलिकति छायामा परेको र नचिनेको भन्ने खालको कुरा हल्लाको रुपमा चलाउने काम भयो। त्यसले असर पर्यो त्यसवेला जस्तो मलाई लाग्छ ।

कहि खानेपानीको ,कहिँ बाटो बनाउने भनेर आर्थिक सहयोग दिएको भन्ने कुराहरु आएका छन जुन कुरालाई हामीले ट्याकल गर्न नसकेको जस्तो भान भएको छ ।

यसपाली २०७४ सालको चुनाबमा चाहि उहाँले  पक्कापक्की हार्ने किसिमको थियो। उसले पनि हरेस खाको नखाको होइन तर अन्तिम क्षणमा आएर परिणाम उल्टियो यसले मलाई दुखित बनाएको छ ।

कपन अनलाइन : यो केन्द्र हार्ने र प्रदेश जित्ने अवस्था कसरि बन्यो जस्तो लाग्छ ?

बिदुर बिक्रम खड्का :  अब केन्द्रमा हारेर प्रदेशमा जितेका छौ ।केन्द्रको नेकपा एमालेका उम्मेदवार भएका राजन भट्टराई यस्ता मान्छे थिए जो हाम्रा मतदाताहरुले चिनेनन भन्ने मेरो ठम्याई हो।

उहा नेपाललाई नभई नहुने ठण्डा दिमाख ,मिठास स्वभाब भएका मान्छे थिए जसको आत्मा सुद्ध थियो। यिनमा छलकपट थिएन र यिनले देशको लागि केहि गरिरहेको मान्छे थिए ।

त्यसले गर्दा मैले देशको लागि गरेको छु भन्नी खालको भयो। तर उहाको स्थानीय क्षेत्रमा रहेको योगदान र कामलाई हामीले जनता समक्ष लैजान सकेनौ । हामीलाई कुनै किसिमको तिकडम गर्नुपर्ने पनि थिएन र त्यसले गर्दा हामीले केन्द्रमा चुनाब हार्यौ ।

यहाँ हम्र विपक्षीले एमालेको भोटले जितेको हो त्यहाँ त बाम पन्थीको भोटले जितेको हो भन्ने कुरा यस क्षेत्रमा धेरै उठिरहेको छ ।

यो कति सत्य हो त्यो त मलाई थाहा भएन यती  मात्र हो कि होइन खोज्दैछु। यदि हो भने त्यो पार्टीले कारबाही गर्ने बाटो अपनाउने छ ।

यदाकदा सुनिन्छ एक भोट मात्र भएपनि कुनै एक उम्मेदवारलाई दिनुपर्छ भनेर एक भोट मागियो भन्ने सुनेका छौ त्यसको गम्भीर अध्ययन भैरहेको छ ।हामि हारका कारण निकै सुक्ष्म र गम्भीर ढंगले खोजिरहेका छौ ।

 

कपन अनलाइन: एकाध वडा बाहेक स्थानीय तहमा जितेको स्थानमा गठबन्धन किन पछाडी पर्यो ?

बिदुर बिक्रम खड्का : स्थानीय तहमा जसरी  हामीले चुनाब जित्यौ त्यो भन्दा यो तह अलि फरक थियो।

हामीले स्थानीय तहको निर्वाचनमा अपनाएको रणनीति र हाम्रा उम्मेदवारहरुको प्रभाव ले विजयी हुन् सहयोग गर्यो भन्ने लाग्छ ।त्यसका साथै स्थानीय तहमा हाम्रा विपक्षीहरुको भन्दा हाम्रो तयारी राम्रो थियो ।

कपन अनलाइन : के बामगठबन्धनले गर्दा केहि अलमल भएको हो ?

बिदुर बिक्रम खड्का : अब बामगठबन्धनले गर्दा अलमल भन्दा पनि बिमेल भएको हो। हाम्रो बिचमा बिमेल भयो  किनभने मैले कार्यक्रम अघि बढाउदा असमझदारी हुन्छ की भनेर कार्यक्रम नगर्ने नेता  बन्ने थुप्रै भए त्यसले कार्यक्रम बिग्रियो जसले परिणाममा असर गर्यो भन्ने लाग्छ ।

यहाँ माओवादी को हामीले मत भन्दा पनि हाम्रो मत बिग्रियो हिजो ४३ सय बढी भोट ल्याएर जितेको ठाउमा आज हामि ६८ मतले पछाडी परेका छौ ।

धेरै ठाउमा मतमा चलखेल भयो कि भन्ने लाग्छ तर मैले आधिकारिक रुपमा प्रमाण नपुर्याई बोल्न मिल्दैन । यसको वारेमा म समय आएपछि सबैलाई जानकारी गराउने छु।

कपन अनलाइन : अन्त्यमा केहि भन्नु हुन्छ ?

बिदुर बिक्रम खड्का : अन्त्यमा मैले निर्वाचनमा मत हाल्ने सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिन चाहान्छु।

जुन कार्यकर्ता निष्ठावान पुर्वक खट्नु भयो कसैको लोभ लालचमा नपरी बाम गठबन्धनलाई  जिताउन लाग्नु भयो ति साथीहरुलाई धन्यबाद दिनचाहन्छु ।जो मान्छे पैसामा बिकेर अघि बढे र मत विभेद गर्न तर्फ लागे तिन को लागि भोलिका दिनमा चिन्ताको बिषय भएका छन्।

म उहाहरुलाई पनि अबका दिनमा त्यसो नगर्दिनु होला भन्ने सुझाब दिन चाहान्छु । अनि निर्वाचन परिणाम आवधिक हो तर संगठन निरन्तर चल्ने प्रकृया भएकोले अझ पार्टीलाई मजबुद बनाएर अगाडी बढ्न सबैलाई अनुरोध गर्न चाहन्छु ।

 

तपाइँको प्रतिक्रिया ।