सामुदायिक सेवा केन्द्र बुढानिलकण्ठको लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,पौष २८ ।
सामुदायिक सेवा केन्द्र बुढानिलकण्ठले लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।
बुढानिलकण्ठ वडा नं ३ हिमालयन बोर्डिंग स्कुलमा संचालन गरिएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रहरीका ए.आई .जि जय बहादुर चन्द रहेका थिए भने कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी ,सामुदायिक सेवा केन्द्रका सह-अध्यक्ष द्वय उतम खड्का र राम बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा विरुद्ध सबै लाग्नुपर्ने बताएका थिए। साथै उनीहरुले यस किसिमका चेतनामुलक कार्यक्रमले समाजको सकारात्मक परिवर्तनमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
फोटो सौजन्य :हाम्रो बुढानिलकण्ठ डट कम
तपाइँको प्रतिक्रिया ।