शिवपुरीको काख तारेभिरमा ३५ जनाले कविता सुनाए

शिवपुरीको काख तारेभिरमा ३५ जनाले कविता सुनाए

कपन अनलाइन

काठमाडौ,पौष २७।

गोकर्णेश्वर नगरपालिका वडा नं १ तारेभिरमा ३४ जना कवी कवियत्रीहरुले कविता वाचन गरेका छन ।काठमाडौं उपत्यकाको उत्तरी शिर शिवपुरीको आगनमा चौथो तारेभिर महोत्सव २०७४ सफल बनाउन कविता बोकेर कवी कवियत्रीहरु तारेभिर पुगेका थिए।

माघ १ र २ गते हुने महोत्सवको तयारीका लागि आयोजना गरिएको “तारेभीरमा कविता” साहित्यिक कार्यक्रमले शिवपुरीको प्रकृतिमा साहित्यिक माहोल बनाएको थियो।

आफ्नो कविता सहित कार्यक्रममा पुगेका प्रमुख अतिथि रामेश्वर फुयालले तारेभिर चिनाउन आफुले गरेको पहल सम्झिदै अव घरमा रहेका काम नलाग्ने कवाडलाई बहुमुल्य सम्पदा बनाउने अभियान अगाडी बढाउने बताएका थिए ।

चौथो तारेभिर महोत्सव २०७४ मूल आयोजक समितिका संयोजक हर्क बहादुर तामांगको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय महिला समुहको सक्रिय भूमिका रहेको थियो ।

कार्यक्रमको संयोजन प्रलेस काठमाडौ,अभिनव साहित्य समाज र घुम्ती कवी गोस्टीले गरेका थिए ।

“तारेभिरमा कविता” साहित्यिक कार्यक्रममा निम्न कविहरुले कविता बाचन गरेका थिए ।

  • बाल मुकुन्द कार्की
  • रामचन्द्र दाहाल
  • गोविन्द घिमिरे बेदमणि
  • अच्युत घिमिरे
  • रसुवाली कवि
  • शान्ति रिसाल
  • प्रकाश गुरागाईं
  • मोक्तान खेवा
  • परशुराम परासर
  • राजेश कुमार विस्ट
  • केवल भिनाभी
  • सुर्य चापागाईं
  • सुशिला खड्का हसिना
  • नारायण निरासी
  • भिम क्षेत्री
  • पागल यात्री
  • थरेन्द्र बराल
  • माधव घिमिरे अटल
  • सुनिता तामांग गोले
  • सारदा पराजुली
  • सुमन पुडासैनी
  • घनश्याम प्रसाई
  • निश्चल क्षेत्री
  • बसन्त रिजाल
  • बिमल अर्याल
  • रुपक अलंकार
  • भवदेव थापा
  • ठाकुर गौतम
  • कनाद महर्षि
  • जय मंगल सापकोटा
  • निराजन तिमल्सिना
  • निस्ठुर थिंग
  • सविन गौतम
  • मुल्तिहुन
  • पुन्यराज पुडासैनी
  • रामेश्वर फुँयाल

 

 

 

 

तपाइँको प्रतिक्रिया ।