काठमाडौं महानगरको राजस्व परामर्श समितिको सदस्यमा नवराज पराजुली र कान्ता गौत्तम

काठमाडौं महानगरको राजस्व परामर्श समितिको सदस्यमा नवराज पराजुली र कान्ता गौत्तम

कपन अनलाइन 

काठमाडौ,पौष २७।

काठमाडौं महानगरको राजस्व परामर्श समितिको सदस्यमा वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुली र वडा नंं २६ की महिला सदस्य एवम् कार्यपालिका सदस्य कान्ता गौत्तम निर्वाचित हुनु भएको छ । नगर कार्यपालिकाको सोमबार सम्पन्न वैठकले २ जना सदस्यलाई निर्वाचत गर्दै समितिलाई पूर्णता अघि बढाएको हो ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ को परिच्छेद ९, गाउँपालिका, नगरपालिकाको वित्तिय अधिकार क्षेत्र सम्बन्धी व्यवस्थाबमोजिम स्थानीय सरकारले स्थानीय राजस्व परामर्श समिति गठन सक्नेछन् । नगरपालिकाको उपप्रमुख वा गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा गठन हुने समितिमा कार्यपालिकाले तोकेको कार्यपालिका सदस्यमध्येबाट एकजना महिलासहित २ जना सदस्य हुनेछन् ।

समितिले राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, शंशोधन, परिमार्जन र सोको परिपालनाका सम्बन्धमा आवश्यक परामर्श प्रदान गर्नेछ । त्यस्तै राजस्वका श्रोत, दायरा र दर विश्लेषण गरी आगामी बर्षमा पप्त हुन सक्ने राजस्वको अनुमान गर्ने, राजस्वका दर र क्षेत्रका आधारमा आय विश्लेषण गर्ने, स्थानीय उद्योग, व्यापार प्रवर्धन गरी रोजागारी सृजना हुने किसिमको करको दर निर्धारण गर्न परामर्श दिने काम समितिको कार्यक्षेत्रभित्र राखिएको छ ।

समाचार साभार :चन्द्रमणि भट्टराई (काठमाडौं अनलाइन )

तपाइँको प्रतिक्रिया ।