कपन जेसिसको सातौ पदस्थापन तथा अवार्ड वितरण समारोह सम्पन्न्न

कपन जेसिसको सातौ पदस्थापन तथा अवार्ड वितरण समारोह सम्पन्न्न

कपन अनलाइन 

काठमाडौ,पौष २७।

कपन जेसिसको सातौ पदस्थापन तथा अवार्ड वितरण समारोह  सम्पन्न्न भएको छ । बुनपा १० मिलनचोक पार्टी भेन्युमा भएको कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्‍जित तामांग रहेका थिए भने काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ विशेष अतिथि रहेका थिए ।

।निवर्तमान अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,निवर्तमान प्रेसिडेन्ट होम बहादुर अधिकारी मनोज,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सचिव विनोद चालिसे,हेमराज दाहाल तथा   जेसिसका नेतृत्वहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जुनियर कपन जेसिसका रोसा अधिकारी ,सपना मोक्तानका साथमा २०१८ का अध्यक्ष विकास श्रेष्ठको उपस्थिति रहेको थियो ।

विभिन्न व्यक्तित्व हरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रममा जेसिसको योगदान र महत्वको वारेमा चर्चा गरिएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।