जगडोल -भन्ज्यांङ सडक केहि समय बन्द रहने

कपन अनलाइन

काठमाडौँ ,पौष २८ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको स्थानिय ढुङगेधारा मर्मत सुधार गर्ने  क्रममा  हिजो बाट बाटो अवरुद्द भएको  हुनाले निर्माण उपभोक्ता समितिले केहि दिन बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

कपन अनलाइनले उक्त निर्माण उपभोक्ता समिति संग कहिले बाटो खुल्छ भनेर जिज्ञासा राख्दा हिजो बाट  बाटो अवरुद्द भएकोले आज बेलुका सम्म बाटो खुलाउने गरि काम अघि बढिरहेको र  सम्भवत्  आज बेलुका बाट बाटो केहि सहज बनाउने समिति श्रोतले बताएको छ  ।

धारामा पानी जमेर ढल जाम हुने समस्या लाई समाधान गर्न मर्मत तथा ढल निकासको काम भईरहेको हुदा बाटो बन्द भएकाले शहिद पार्क बाट भन्ज्याङ जानको लागि चन्डाडा झण्डा पार्कको  बाटो बैकल्पिक रुममा प्रयोग गरिदिनु हुन समेत आग्रह समितिले गरेको छ ।

उनले यसले जनमानसमा पर्न गएको समस्याको लागि  क्षमा माग्दै  निर्माण उपभोक्ता  समितिले यसलाई सहज रुपमा  बुझिदिन समेत अनुरोध गरेका छन।

 

बुढानिलकण्ठ नगरपालिका बाट १ लाख रुपैया र २४,६८१.३५ रुपैया  श्रम दान उपभोक्ता समितिले व्यहोर्ने गरि जम्मा १२४६८१.३५ रुपैयाको कुल लागतमा उक्त ढुंगेधारा मर्मत हुन लागेको छ ।१५ दिनमा काम सक्ने गरि मर्मत कार्य अघि बढाइएको छ।  उक्त मर्मत कार्यको ब्यबस्थापन  जगडोल रेसिडेन्ट ग्रुपले  गरिरहेको  छ ।

 

तपाइँको प्रतिक्रिया ।