सहकारी सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

सहकारी सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,पौष २६ ।

नेफ्स्कून तालिम केन्द्र चावहिलको आयोजनामा सञ्चालकहरुको क्षमता अभिवृद्धि (आधारभूत) तालिम पौष २१ गते सम्पन्न भएको छ । तालिममा २५ साकोसका ३४ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिम समापन समारोहलाई संवोधन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले आर्थिक समृद्धि निर्माणमा साकोसको योगदान महत्वपूर्ण रहेको बताउँदै नीति, विधि र प्रविधिमा आधारित भएर साकोसको गुणस्तर सुनिश्चितता निर्माणमा प्रतिबद्ध रहन आग्रह गर्नुभएको थियो । साकोसको दीगो र संस्थागत विकासका लागि सञ्चालकहरुको भुमिका महत्वपुर्ण रहने बिषयमा उहाँले जोड दिनुभएको थियो ।

उक्त दुई दिवसीय तालिमको सहजीकरण तालिम केन्द्र प्राचार्य सञ्जय तिमिल्सिना, तालिम अधिकृत नवकुमार अधिकारी र कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

फोटो सौजन्य :नेफ्स्कुन खवर

तपाइँको प्रतिक्रिया ।