वडा कार्यालय बुनपा ११ नजिकको बाटो मर्मत र सुधार चाडै हुनुपर्यो (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ, पौष २६ ।
यो दृष्य धेरै टाढाको होइन बुढानिलकण्ठ नगरपालिका वडा नं ११ वडा कार्यलय नजिकको हो।यहाको बाटोको दुरावस्थाको कुरा नगरौ वडा कार्यलय नजिक को यो बाटो हिडें जो कोहीलाई पनि लाग्न सक्छ यो बाटो कहिले बन्ला ?
बत्ति मुनिको अध्यारो भने झै वडा कार्यलयको ठिक मुनि कृष्ण मन्दिर जाने बाटोको हालत त यस्तो दुरावस्था छ भने अन्तको कस्तो होला। यसले ले सबैको ध्यान तानेको छ तर समस्या जहाको त्यही छ त्यति मात्र होइन माथि तस्बिरमा देखिएको एउटा आधा छोपिएको मंगल को स्ल्याब धेरै अघि देखि यसरी आधा मात्र ढाकिएको छ।
रातको समयमा यहि बाटो हुँदै आवत जावत गर्दा दुर्घटना निम्तिने तर्फ सम्बन्धित निकायले किन ध्यान नदिएको होला ? वडा कार्यलय मुनि रहेको त्यो स्ल्याब ढाक्न किन कसैले पनि चासो नदेखाएको होला ? यो स्ल्याबमा जनावर देखि जो कोहि पनि ठोक्किन सक्छ। दुर्घटना हुन सक्छ त्यसैले उक्त स्ल्याब ढाक्न सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ ।
उकालो र बाटो निर्माणाधीन रहेको हुदा यहाँ सवारी साधन आवत जावतमा पनि समस्या छ यसको समाधानको लागि सम्बन्धित निकायले सिघ्र पहल गर्नेछ भन्ने अपेक्षा गरेका छौ ।
अनुरोध गर्ने
वडा नं ११ कृष्ण मन्दिर क्षेत्र बासीहरु ।