नागार्जुन नगरपालिकाका विद्यालयहरुको गुणस्तर वृद्धिको लागि निरन्तर अनुगमन गर्नेछौ :मणिराज अवस्थी(प्रमुख ,शिक्षा शाखा )

नागार्जुन नगरपालिकाका विद्यालयहरुको गुणस्तर वृद्धिको लागि निरन्तर अनुगमन गर्नेछौ :मणिराज अवस्थी(प्रमुख ,शिक्षा शाखा )

कपन अनलाइन

काठमाडौ,पौष २६।

नागार्जुन  नगरपालिकाको बिषयगत साखा अन्तर्गत कपन अनलाइनले  नागार्जुन  नगरपालिकाको शिक्षा शाखा प्रमुख  मणिराज अवस्थी  संग  कपन अनलाइनका विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपनअनलाइन : तपाईको पारिबारिक पृष्ठभूमि बताईदिनुहोस न ?

मणि राज अवस्थी : मेरो जन्म दार्चुला लाली गाबिस हाल लेकम गाउपलिका  ३  मा बुवा  स्व. कृपालदत्त अवस्थी र माता बेलुमति अवस्थीको कोखबाट जन्मिएको हु ।

मैले आफ्नो प्रारम्भिक शिक्षा दार्चुलाको हुनेनाथ माबी रातामाटा बाट सुरु गरे।   त्यही  बाट २०४८ सालमा एस एल सी उत्तीर्ण गरे ।त्यसपछि उच्च शिक्षाको हकमा भारतको उत्तराखण्ड बाट २०५० सालमा आइ एस्सी उतिर्ण गरे ।त्यसपछि सानो ठिमी भक्तपुर् बाट २०५३ सालमा  बिएड गरे । स्नातक गरेपछि  काभ्रे, सिन्धुपाल्चोक,अनि आफ्नै जिल्लामा पनि छोटो छोटो समय अस्थाई रुपमा  शिक्षण पेसामा लागे।  त्यस पछि जागिर खोज्न तिर लागियो।

कपन अनलाइन :सरकारी सेवा कसरी  प्रवेश गर्नु भयो ?

मणि राज  अवस्थी :  जब मैले स्नातक सके त्यस पछी लोक सेवाको तयारीमा लागे र  २०५६ सालमा लोकसेवाको शिक्षा सेवाको नासु बाट सरकारी सेवा प्रवेश गरे ।

त्यसपछि पहिलो पटक सरकारी जागिरमा स्थाईमा प्रवेश भएपछि  मेरो पोस्टिंग जिल्ला शिक्षा कार्यलय सिन्धुपाल्चोकमा भयो ।त्यहा ४ वर्ष रहेर काम गरेपछि भक्तपुर्को शैक्षिक जनशक्ति केन्द्रमा आए।

त्यहा पनि ५ /६ वर्ष काम गरे त्यसपछि मैले  २०६७ सालमा बिद्यालय निरीक्षकमा नाम निकाल्न सफल भए र म जिल्ला शिक्षा कार्यालय नुवाकोटमा गए ।थोरै समय यहा काजमा बस्ने मौका पनि पाइयो ।अनि  पोस्टिंग नुवाकोट भइसकेपछि ५ बर्षको अवधिमा म नुवाकोट बसे र हाल काजको सिलशिलामा नेपाल सरकारले निर्णय गरेअनुसारको आधारमा नागार्जुन नगरपालिकाको बिषयगत साखा अन्तर्गत शिक्षा हेर्ने अधिकृतको रुपमा  आएको छु ।

कपन अनलाइन  :   नगरपालिकाको  शिक्षा  शाखा प्रमुखको रुपमा नागार्जुन नगरपालिकामा यहाले  के कस्तो  योजना सोच्नु भएको छ ?

मणि राज अवस्थी : अब स्वभाबिक रुपमा शिक्षा भनेको एउटा समाजको सबै भन्दा महत्वपूर्ण कुरा हो ।

हरेक अभिभावकहरु यो बिषयमा चिन्तित हुनहुन्छ र देशको भबिष्य कस्तो दिने त्यसको मेरुदण्ड भनेको शिक्षा नै हो। हामीले एउटा जनशक्तिलाई  कस्तो किसिमले ज्ञान बाड्न सक्छौ त्यी किसिमका योजना बनाउन सक्छौ त्यो सोच्नु पर्दछ ।

अहिले हकमा नगरपालिकाले यहा धेरै ठुलो किसिमको कुनै पनि काम गर्न सकिरहेका छैन। बजेटहरु पनि आइसकेको र दुइवटा निकायहरु समानान्तर रुपमा रहेको हुनाले हामी संग क्षमता विकास कार्यक्रम कुनै पनि छैन ।

अहिले चालु खर्च जस्तै शिक्षकहरुको तलब बिद्यार्थी हरुको छात्रावृत्ति त्यस्ता किसिमका लागि बजेट रहेको छ। हामीले संचालन गर्ने  क्षमता विकासको कार्यक्रम रहेको छैन ।तर हामीले नगर सभामा बजेट पेश गरिएको अवस्था छ। केहि रकम छुट्टिएको भन्ने कुरा छ त्यसमा बिशेस गरेर शिक्षकहरुलाई उहाहरुको  शिपमा शैलीमा माझिनु पर्छ भन्ने हिसाबले केहि तालिमहरु पारित गरेका छौ ।

आहिले अंग्रेजी शिक्षाको ठुलो मोह रहेको छ । समाजमा आम अभिभाबकहरुलाई  त्यसै कारणले शिक्षकहरुलाई अंग्रेजीमा अलिकति सशक्त बनाउनपर्छ भनेरे त्यै किसिमका कार्यक्रमहरु बनाएका छौ।

हाम्रा विद्यालयले गरेका धेरै राम्रा उपलब्धिहरु पनि गरेका छन। यहि सीताराम स्कुल भयो, अमरज्योति  स्कुल भयो यहि बाट बिध्यार्थीहरुले एमबीबिएसमा नाम निकालेका छन् तर उनीहरुको प्रचार कतै पनि छैन।

त्यो हिसाबले समाजले सामुदायिक विद्यालयले केहि पनि गर्न सकेन भन्ने आरोप छ त्यो आरोप असत्य देखिएको छ ।त्यस कारण हामीले त्यी कुराहरुलाई पनि गरेका राम्रा कुरा के हुन सक्छन भनेर रिसर्च बेसमा केहि कुरा गर्नु पर्छ भन्ने हिसाबले सामुहिक रुपमा शैक्षिक बुलेटिन निकाल्ने , प्रचार गर्ने छलफल गर्ने जस्ता कामहरु अघि बढाउन लागेका छौ।

अरु चालु हिसाबले नगर सभाले विभिन्न बिद्यालयहरुको भौतिक निर्माण गर्नको लागि ,प्रबिधि युक्त कक्षाको लागि चाहिने आवश्यक कम्प्युटरहरु दिने जस्ता  पनि कार्यक्रम रहेको छ।

निजि र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धिको लागि अनुगमन र छलफल निरन्तर गर्ने सोचमा छौ। त्यस्तै गरि कक्षा ८ को परीक्षा  मर्यादित रुपमा संचालन गर्न नगर शिक्षा समिति गठन गरेका छौ ।परीक्षा संचालन गर्न समिति गठन गरेका छौ ।  शिक्षाको गुणस्तर वृद्धिको लागि हामीले धरै काम गर्ने योजना बनाएका छौ ।

कपन अनलाइन :  नगरपालिका  र जनप्रतिनिधिहरु बाट कतिको सहयोग पाइरहनु भएको छ ?

मणिराज अवस्थी : नगरपालिका  र जनप्रतिनिधिहरु बाट सकारात्मक सहयोग पाइरहेका छौ ।यहाका जनप्रतिनिधि र नगरपालिकाका प्रमुख उपप्रमुख एकदमै सकारात्मक हुनुहुन्छ । हामीलाई निरन्तर के भैरहेको छ जानकारी लिने गर्नु भएको छ।समय समयमा सुझाब दिनुहुन्छ नगरपालिका बाट केही बजेट पनि बिनियोजन भएको छ।

तपाइँको प्रतिक्रिया ।