बुढानिलकण्ठ युवा समाजले पौष २९ गते रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन 

काठमाडौ,पौष २६।

बुढानिलकण्ठ युवा समाज र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनमा यहि पौष २९ गते सनिवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ पुष्पलाल मावी अगाडी घटराज सालिक संगै हुने रक्तदान कार्यक्रम सो दिन बिहान ११ बजे देखि ३ बजे सम्म चल्नेछ ।

बुढानिलकण्ठ युवा समाजले यस क्षेत्रका बाटो मर्मत ,सडक बत्ति हाल्ने लगायतका सामाजिक कामहरु गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।