(कविता) प्रश्न

– शान्त शिसिर

सधै अघि बढ्ने भन्दथिस् आखिर पुग्ने कहाँ हो ?

सबै मेरै बनोस् भन्दथिस्  ठाउँ राख्ने कहाँ हो?

 

केहि गर्नुछ भनि रातदिन पसिना बगाउदथिस् त

नहुदा मजाले हाँस्थिस् पाउदा निरस किन हो ?

चुचुरो भेट्छु भन्थिस् सफलताको  भेट्दा उदास किन हो ?

 

नाम दाम इजत भए जीवन स्वर्ग बन्छ भन्दथिस त्

पाएपछि सबै कंगाल झैँ  अझ आशा किन हो ?

सँधै दाउमा मात्रै लाग्दछ जीवन यहाँ पासा किन हो ?

 

बैरीलाई मित्र बनाउछु मित्रलाई सहयात्री भन्दथिस त्

को मित्र को बैरी  चिन्न नसक्ने दोसाँध किन हो ?

बगाई आशु बह पोख्न नसक्ने मनमा वाधा किन हो ?

 

बूझ बेलैमा तेरो केवल आफ्नो भन्ने त्यहि चिता मात्र हो

एकभारी दाउरा एकमाना चामलका लागि  यो लडाई किन हो ?

 

के  बौलाये मान्छे सबै  एउटा रुँदा आर्काको बडाइ किन हो ?

पुग्नुछ माथि भनि दगुरिस  धेरै तल हेर्दा किन हतास भो?

आधि बन्दछ पवन पनि जीवन पलभरको बतास भो ।

 

कपन १ काठमाडौँ

 

तपाइँको प्रतिक्रिया ।