काठमाण्डौ क्षेत्र नं ४ मा पुकार बमलाई झट्का : प्रभावशाली नेताले रास्वपा छाडे
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
काठमाण्डौ क्षेत्र नं ४ मा रास्ट्रीय स्वतन्त्र पार्टीका प्रभावशाली नेताले पार्टी छाडेको घोषणा गरेका छन। आज पत्रकार सम्मेलन गर्दै काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न गतिविधिमा सक्रिय रहेका कुमार बहादुर थापाले रास्वपा छाडेको घोषणा गरेका छन।
रास्वपाको केन्द्रीय जन सम्पर्क विभागमा महत्वपूर्ण जिम्मेवारी बहन गरेका बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी थापाले पार्टीले विभिन्न आस्वासन दिएर अन्तिम समयमा धोका दिएको भन्दै पार्टी छाडेको बताएका छन।
क्षेत्री समाज केन्द्रीय कार्यालयका अध्यक्ष समेत रहेका थापाले रास्वपाले कठिन समयमा आफुलाई प्रयोग गरेको र गत निर्वाचनमा समानुपातिक तर्फ मत बटुलेको तर अहिले आफुलाई झुक्काएको भन्दै आक्रोस समेत व्यक्त गरेका छन।
क्षेत्री ,ब्राह्मण, दसनामी आदि समुदायलाई समेटेर आन्दोलन गर्दै पहिचान स्थापना गर्न भूमिका निर्वाह गरेका थापाले विभिन्न उद्योग धन्दा संचालन गर्दै आएका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा सक्रिय थापाको पार्टी त्यागले यस क्षेत्रका उम्मेदवार पुकार बमको चुनावी लयलाई अशर गर्ने अनुमान समेत गरिएको छ।
