छ शुभकमना : गङ्गा कर्माचार्य पौडेल (कविता )

छ शुभकमना :  गङ्गा कर्माचार्य पौडेल (कविता )

कपन अनलाइन

काठमाण्डौ,फगुन २।

अक्षरका फूल शब्दका माला बनेको सुन्दर
पत्रिका हो यो चेतना मूल राष्ट्रको गौरब
नामै छ काफी सार्थक शिद्ध कपन बानेश्वर
गरेर खोजी प्रतिभा नयाँ गर्दछ उजागर ।

उदाए धेरै साहित्यकार तारा झैं चम्किए
सिर्जना गरि साहित्य फाँटमा निरन्तर लम्किए
पुस्तक छापी लोर्कापण गरि साहित्य भण्डारमा
समृद्ध पारे नेपाली भाषा साहित्य संसारमा ।

सजिलो छैन पत्रिका छाप्न मिहिनेत् धेरै छ
पाईदैन जस गरेर काम चुनौती धेरै छ
देखिन्छ खोट लाइन्छ दोष अशुद्ध भनेर
बस्दछ कहाँ देखिन्न मुद्रा राक्षस लुकेर ।

विभिन्न बाधा अड्चनहरू पन्छाई आउँदा
देख्दछु खुसी पाठकहरू पत्रिका पाउँदा
पसल चिया गाडीको सीट्मा बसेर पढेको
आनन्द लाग्छ देखेर मलाई पत्रिका पढेको ।

आफ्नै छ शान आफ्नै छ मान साथ छ हजुरको
पत्रिका बन्छ उत्कृष्ठ लेख रचना हजुरको
छ सय अंक छापियो बधाइ छ शुमकामना
पत्रिका चलोस् हजारौं वर्ष छ शुभकामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।