नेपाल शिक्षक संघ क्षेत्र नं ४ मा राजेन्द्र बुढाथोकी
कपन अनलाइन बद्रि भट्टराई
नेपाली काँग्रेसको भातृ संगठन नेपाल शिक्षक संघ क्षेत्र नं ४ को क्षेत्रीय भेला सम्पन्नभएको छ । वाल व्यवसायी मा.वि. सिफलमा सम्पन्न भेलाले संघको नयाँ कार्य समितिको चयन समेत गरेको छ । नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्ष विष्णु प्रसादअधिकारीको प्रमुखआतिथि तथा नेपालशिक्षक संघ काठमाडौंका अध्यक्ष सुन्दर पन्तको विशेष आतिथि भएको भेलाले सर्वसम्मत रुपमा बालउद्धार उच्चमा.वि.का शिक्षक राजेन्द्र बुढाथोकीलाई सभापतिमा पदमा चयन गरेको छ ।
भेलाले कपन वालकुमारी नि.मा.वि.की सुनिता डोटेल कोषाध्यक्ष तथा यज्ञमती मा.वि. का श्यामसुन्दर भण्डारी सदस्यमा निर्वाचित गरको छ । संघका नि.अध्यक्ष वासुदेव खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको समापनमा नवनिर्वाचितअध्यक्ष राजेन्द्र बुढाथोकीले सम्रग शिक्षकवर्गको हक,अधिकार तथा समस्याको समाधानका लागि आफ्नो समिति एक भएर अघि बढ्ने जनाएका छन ।आफ्नो कार्यकालमा संगठन विस्तारलाई महत्वपूर्ण रुपमा अगाडि बढाउदै नेपाली काँग्रेसलाई अब हुने संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ मा अत्याधिकमतले विजयी गराउन समेत महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । निर्वाचित कार्य समितिको पहिलो बैठकले कपन जन जागृती मा.वि. बाट चुडामणी दाहाललाई सल्लाहकार समितिमा मनोनयन समेत गरेको छ ।